आईतवार, असार १,२०८२ 10:29:27
  • आईतवार, असार १,२०८२ 10:29:27
Global IME Bank Limited

भारतको सबैभन्दा कान्छा मन्त्रीको कुल सम्पत्ति २३ करोड भारु, सेयर बजारमा छ ठूलो लगानी

Hyundai Nepal
भारतको सबैभन्दा कान्छा मन्त्रीको कुल सम्पत्ति २३ करोड भारु, सेयर बजारमा छ ठूलो लगानी
Nabil Bank Limited

काठमाण्डौ । भारतमा लोकसभा निर्वाचनको ताजा मतपरिणामपछि प्रधानमन्त्री नरेन्द्र मोदी र उनको नेतृत्वको मन्त्रीपरिषद्का विभिन्न मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । गठबन्धनको सरकारमा योपटक नयाँ र युवा अनुहार समेत मन्त्रीको रुपमा देखिएका छन् ।  

यी मन्त्रीहरुमध्ये एकजना मन्त्रीको नाम विशेष छ । योपटक मोदी क्याबिनेटमा सबैभन्दा कान्छो मन्त्रीको रुपमा राममोहन नायडूले जिम्मेवारी सम्हाल्दै छन् । नायडू अहिले आफ्नो उमेर र सम्पत्तिका कारण चर्चामा छन् ।  

लोकसभा निर्वाचनमा किंगमेकरको रुपमा उदाएको तलेगु देशम पार्टी(टीडीपी)का  नेता राम मोहन नायडू मोदी सरकारको तेस्रो कार्यकालयको सबैभन्दा कम उमेरको मन्त्री बन्न लागेका छन् । राम मोहनलाई पार्टीका अध्यक्ष तथा आन्ध्र प्रदेशको मुख्यमन्त्रीको मुख्य दाबेदार चन्द्रबाबु नायडूको खास व्यक्तिको रुपमा लिइन्छ । राम मोहन नायडूको उमेर केवल ३६ वर्ष मात्रै छ । उनका बुवा अर्थात टीडीपीको नेता येरन नायडू पनि पूर्व कन्द्रीय मन्त्री हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

माइनेता डटकम इन्फोमा लोकसभा निर्वाचनमा भारतको निर्वाचन आयोगलाई प्रदान गरिएएको जानकारी अनुसार राममोहन नायडूको कुल सम्पत्ति २३.३० करोड भारुबराबर रहेको छ । साथै उनीसँग २ करोड भारुको दायित्व पनि छ ।  

राम मोहन नायडूको सेयर बजारमा समेत ठूलो लगानी रहेको छ । उनको पोर्टफोलियोमा एक्सिस बैंक, चेचोन,इन्फि,टाटा स्टिल टीएससी,जिल जस्ता कम्पनीहरुको सेयर छ । सेयर बजारमा उनले १.१० करोड भारुभन्दा बढी लगानी गरेका छन् ।  

नयडू र उनको परिवारका सदस्यको नाममा ३ करोड भन्दा बढी रकम रहेको भारतीय मिडियाले बताएका छन् । यसका साथै उनीसँग १.२६ करोड भारुबराबरको जमीन र ४ करोडभन्दा बढी मूल्य पर्ने आलिसान घर समेत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.