आईतवार, असार १,२०८२ 10:19:15
  • आईतवार, असार १,२०८२ 10:19:15
Global IME Bank Limited

अधिकांश फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री

Hyundai Nepal
अधिकांश फाइनान्स कम्पनी घाटामा, सर्वाधिक नाफा कमाउनेमा मन्जुश्री
Nabil Bank Limited

काठमाण्डौ । अधिकांश फाइनान्स कम्पनीहरु नोक्सानमा छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनासम्ममा ८ वटा फाइनान्स कम्पनीले घाटा ब्यहोर्न पुगेका छन् । सञ्चालनमा रहेका १७ वटा फाइनान्समध्ये वैशाखमसान्तसम्म ८ वटा कम्पनीले घाटा ब्यहोरेका छन् भने ९ वटा कम्पनी नाफामा देखिएका छन् । सो कम्पनीहरुको पनि गत आवको तुलनामा नाफा घट्न पुगेको छ । बढ्दो खराज कर्जा अनुपात (एनपीएल)का कारण आधाजसो फाइनान्स कम्पनीहरु नोक्सानमा छन् ।

१७ वटा फाइनान्स कम्पनी वैशाखसम्म समग्रमा ६९ करोड २६ लाख रुपैयाँ घाटामा छन् । नाफा कमाएका कम्पनीमा सर्वाधिक मञ्जुश्री फाइनान्सले २० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, नाफाको आधारमा दोस्रो सूचीमा गोर्खाज फाइनान्स छ । गोर्खाजले वैशाखसम्ममा ६ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको आइसीएफसीले पनि ४ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । साथै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ३ करोड ५७ लाख, नेपाल सेयर मार्केट एण्ड फाइनान्सले २ करोड ८ लाख, मल्टीपर्पस फाइनान्सले १ करोड ९३ लाख, क्यापिटल मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले १ करोड ५३ लाख रुपैयाँ, बेष्ट फाइनान्स ३९ लाख र नेपाल फाइनान्सले १२ लाख रुपैयाँ नाफा कमाएका छन् । वैशाखसम्ममा आधा जसो फाइनान्स कम्पनीहरु भने घाटामा देखिएका छन् । 

फाइनान्स कम्पनीहरुको खराब कर्जा नियन्त्रण नहुँदा घाटा ब्यहोर्न पुगेका हुन् । सबैभन्दा धेरै घाटा पोखरा फाइनान्सले व्यहोरेको छ । बैशाखसम्म आइपुग्दा कम्पनी १७ करोड ३३ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । यता, समृद्धि फाइनान्स पनि १३ करोड ३६ लाख बढी घाटामा छ । त्यसैरि गुडविल फाइनान्स ७ करोड ४८ लाख, प्रोग्रेसिभ फाइनान्स ६ करोड १४ लाख, सेन्ट्रल फाइनान्स ५ करोड २३ लाख, रिलायन्स ५ करोड २ लाख र गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग पनि ४ करोड ९७ लाख रुपैयाँ नोक्सानीमा छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.