फाइनान्स कम्पनीले कमाए झण्डै १९ करोड नाफा, पाँच कम्पनी भने अझै घाटामा
काठमाण्डौ । तेस्रो त्रैमाससम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा केही सुधारको संकेत देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले समग्रमा १८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ७.४३ प्रतिशत कम हो । गत आवको तेस्रो त्रैमाससम्ममा फाइनान्स कम्पनीहरुले २० करोड ४८ लाख रुपैयाँ समग्रमा नाफा आर्जन गरेका थिए ।...