आईतवार, असार १,२०८२ 10:34:46
  • आईतवार, असार १,२०८२ 10:34:46
Global IME Bank Limited

अब जुत्ताबाटै हुनेछ मोबाइल कन्ट्रोल, सामसुङले लञ्च गर्यो अनौठो स्निकर्स

Hyundai Nepal
अब जुत्ताबाटै हुनेछ मोबाइल कन्ट्रोल, सामसुङले लञ्च गर्यो अनौठो स्निकर्स
Nabil Bank Limited

काठमाण्डौ । प्रविधिको दबदवा रहेको वर्तमान समयमा विश्वमा हरेक दिन केहि  न केहि नयाँ विकास कुरा विकास भईरहेकै हुन्छन् । विशेष गरेर अहिले कनेक्टेड डिभाइसहरु तीव्र रुपमा विस्तार भईरहेका छन् ।  

अर्थात यस्तो डिभाईहरु जो एक अर्कासँग जोर्डिएका हुन्छन् । जस्तै इयरबड्स र स्मर्टवाच, जुन फोनसँग जोडिएका हुन्छन् र फोनका कयौं फिचर्सलाई यी डिभाइसको सहयोगले कन्ट्रोल गर्न सकिन्छ ।  

यहि क्रममा एउटा नयाँ कनेक्टेड डिभाइस पनि लञ्च भएको छ । मोबाइल निर्माता कम्पनी सामसुङले यस्तो स्नीकर्स(जुत्ता) लञ्च गरेको छ, जुन फोनसँग कनेक्ट गर्न सकिन्छ । यी जुत्ताको सहायताले स्मार्टफोनलाई कन्ट्रोल गर्न सकिन्छ ।  

यो साता सामसुङले सटकर्ट नामक जुत्ता लञ्च गरेको छ । यो जुत्तालाई चेलि बेनुलक्स,इलिट्याक वेयरेबल्स,ब्रट एम्टरड्याम र स्निकर डिजाइन रोयल भान होफसँगको सहकार्यमा लञ्च गरिएको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यी जुत्तामा केहि विशेष सेन्सर उपलब्ध गराइएको छ । जसले फोनलाई कन्ट्रोल गर्छ । तर यसका लागि जुत्ता सामसुङ मोबाइलसँग कनेक्ट भने हुनुपर्छ । कम्पनीका अनुसार प्रयोगकर्ताले हिड्दै फोन कल गर्न सक्छन् वा म्युजिक सुन्न सक्छन् ।  

यसमा भिन्न–भिन्न ५ वटा चालको प्रयोग गरेर प्रत्येक चालमा पर्फम गर्ने सकिन्छ । कम्पनीका अनुसार यो अल्गोरिदम एकदमै स्मार्ट छ र चाललाई एकदमै सटिक ढंगले पहिचान गर्न सक्छ ।  

यो जुत्तालाई रोयल भान हफले डिजाइन गरेका हुन् ।  

साम्सुङको यो लिमिटेड ईडिसन हाल खरिदका लागि उपलब्ध भने छैन । कम्पनीका अनुसार हाल यो जुत्ताको ६ युनिट मात्रै उत्पादन गरिएको छ ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.