शनिबार, माघ १७,२०८२ 03:18:01
Bizshala
  • शनिबार, माघ १७,२०८२ 03:18:01
Bizshala
Global IME Bank Limited
Bizshala

अमेरिकाद्वारा प्रतिबन्धित रुसको सबैभन्दा ठूलो बैंकले चीनमा व्यवसाय विस्तार गर्दै

अमेरिकाद्वारा प्रतिबन्धित रुसको सबैभन्दा ठूलो बैंकले चीनमा व्यवसाय विस्तार गर्दै
Shivam Cement

काठमाण्डौ । अमेरिकासहित पश्चिमा देशहरुले प्रतिबन्ध लगाएको रुसको सबैभन्दा ठूलो निजीस्तरको बैंकले चीनमा आफ्नो व्यवसाय विस्तार गर्ने भएको छ । रुसको अल्फा बैंकले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनमा आफ्नो उपस्थिती जनाउन लागेको हो ।  

अमेरिकासहित पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका रुसी धनाढ्य मिखाइल फ्रिडम्यानको स्वामित्वमा रहेको अल्फा बैंकले व्यवसायका लागि चीनमा वेबसाइट र सपोर्ट सर्भिस लञ्च गरेको छ ।  

यसका साथै बैंकले चीनको राजधानी बेईजिङ र साङघाईमा शाखा कार्यालय समेत स्थापना गर्ने योजना बनाएको छ । यी शाखा कार्यालयहरु सञ्चालनमा आए भने चीनका यी दुई प्रमुख शहरमा शाखा कार्यालय स्थापना गर्ने अल्फा निजीस्तरको पहिलो रुसी बैंक बन्नेछ । यसले रुसी व्यवसायीलाई चीनमा सहज तरिकाले काम गर्न सहयोग गर्ने बैंकले जनाएको छ ।  

यो बैंक अल्फा ग्रुपको एउटा अंश हो । अल्फा ग्रुप रुसको सबैभन्दा ठूलो वित्तीय तथा लगानी समूह हो । जसको संस्थापक फ्रिडम्यान हुन् । रुसले सन् २०२२ मा युक्रेनमा आक्रमण गरेपछि अमेरिका र युरोपेली युनियनले अल्फा ग्रुप र यससँग जोडिएका व्यक्तिहरुमाथि प्रतिबन्ध लगाएको थियो ।  

Bizshala
Garima Development Bank
New Office

यो प्रतिबन्धले रुसका बैंकहरु नराम्ररी प्रभावित बनेका छन् । अल्फा बैंकले सन् २०२२ मा ११७.१ बिलियन(१.४४ बिलियन डलर) रुबेलबराबरको घाटा व्यहोरेको थियो । त्यसको एक वर्षपछि अर्थात सन् २०२३ मा बैंकले पुनरागमन गर्दै १२०.९ बिलियन रुबेलबराबरको नाफा आर्जन गर्न सफल भएको थियो ।  

अमेरिका र रुसबीचको विवादमा चीनले तटस्थ रहेको जनाएको थियो । तर विभिन्न क्षेत्रमा चीनले रुससँग साझेदारी बढाएको छ । गत वर्ष रुससँग हालसम्मकै उच्च व्यापार भएको थियो । गत वर्ष रुससँग चीनले २४०.१ बिलियन डलरबराबरको व्यापार गरेको थियो । जुन सन् २०२२ को तुलनामा २६ प्रतिशतले बढी हो ।  

गत वर्ष चीन र रुस दुवैले ९५ प्रतिशत कारोबार रुबेल र युआनमा गर्दै डलरमाथिको निर्भरता कम गरेका छन् । -एजेन्सी

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.