• बिहीबार, भाद्र २६,२०८२ 03:13:06
Global IME Bank Limited

तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

Hyundai Nepal
तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

काठमाण्डौ । करिब ३ महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ । उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले २ हप्ताका लागि उत्पादन बन्द गरिएको थियो ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णका अनुसार उद्योगबाट अवकाश पाएका कर्मचारीले आफूले पाउने उपदान र औषधि उपचार खर्चको एकमुष्ठ रकम भुक्तानी नगरेको भन्दै कर्मचारीले लामो समयसम्म हड्ताल जारी राखेकाले सिमेन्टको उत्पादन सञ्चालन हुन सकेको थिएन । तर अहिले निवृत्त भएका कर्मचारीले हड्ताल स्थगित गरेपछि आजदेखि नियमित उत्पादन र प्याकिङ गर्ने काम सञ्चालन भएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अहिले उद्योगमा अहिले पटकपटक गरी करिब ४ हजार ५ सय मेट्रिक टन कोइला बोलपत्रद्वारा आह्वान गरी आपूर्ति भईरहेको छ । जसकारण अब नियमित रुपमा सिमेन्ट उत्पादन भइरहने उद्योगले जनाएको छ ।  

हेटौँडा सिमेन्ट उद्योगबाट विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक रुपमा सिमेन्टको उत्पादन सुरु गरिएको थियो । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.