आईतवार, असार १,२०८२ 09:06:55
  • आईतवार, असार १,२०८२ 09:06:55
Global IME Bank Limited

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

Hyundai Nepal
मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय
Nabil Bank Limited

काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अख्तियारले मदिराको स्टिकर छपाईमा मुख्यसचिव अर्यालसहितका अधिकारीमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो ।  अख्तियारले अर्याल र अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलगायत १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।  

अख्तियारले उनीहरूमाथि ३८ करोड ६७ लाख १७ हजार ६४० रुपैयाँ बिगो मागदाबी गरेको छ । 

विस २०७९ असोज ४ मा अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरिएको थियो । उक्त अन्तःशुल्क स्टिकर छपाइको ठेक्का प्रिन्टसेल प्रालिले पाएको थियो । प्रिन्टसेलले प्रतिथान ८९ पैसाका दरले ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर छाप्ने ठेक्का पाएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यहि स्टिकर छपाईमा ४ गुणा बढी लागतमा ठेक्का सम्झौता भएको देखिएको छ । त्यसअघि यस्तै स्टिकर प्रतिथान अधिकतम २५ पैसासम्म पर्ने गर्दथ्यो ।   बैकुण्ठ अर्याल र सेक्युरिटी प्रिन्टिङ सेन्टरका कार्यकारी निर्देशन पौडेलसहितका अधिकारीले ठेक्का निर्णय गरेका थिए । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.