सोमबार, असार २,२०८२ 10:45:12
  • सोमबार, असार २,२०८२ 10:45:12
Global IME Bank Limited

एनवाईईएफ काठमाण्डौद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित

Hyundai Nepal
एनवाईईएफ काठमाण्डौद्वारा उत्कृष्ट काम गरिरहेका उद्यमी विद्यार्थी सम्मानित
Nabil Bank Limited

काठमाण्डौ । नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाण्डौ च्याप्टरले ३० वर्ष मुनिका ५ उद्यमी विद्यार्थीहरूलाई इमर्जिङ लिडरको रूपमा सम्मान गरेको छ ।  

मंगलबार एक कार्यक्रम गर्दै मञ्चको काठमाण्डौ च्याप्टरले विभिन्न ५ क्षेत्रबाट ५ जना विद्यार्थी उद्यमीलाई सम्मान गरेको हो ।  

पूर्व बैंकर, प्रेरक वक्ता तथा राजनीतिज्ञ अनिल केशरी शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथि वक्ताको रूपमा उद्यमी आभुषण ज्योती कंसाकार र युवा उद्यमी मञ्चका अध्यक्ष साहार जोशीको उपस्थिति रहेको थियो ।

शिक्षा क्षेत्रबाट मेरो शिक्षाका तिलक ढकाल, सामाजिक प्रभाव क्षेत्रबाट जोड इनिसियटका सौरभ तिवारी, ई–कमर्सबाट महारानीकी दिप्सा खड्का, सूचना प्रविधिबाट डार्क म्याटरका हिमाल तिमिल्सिना, दिगो वातावरण र कृषि क्षेत्रबाट दिगो नेपालकी अञ्जना मल्ल सम्मानित भएका छन् ।  

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सम्वृद्ध नेपाल निर्माणका लागि देशमै रोजगारी सिर्जना गर्न युवाहरू लाग्नुपर्ने बताए ।  

‘देश विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । यस्ता कार्यक्रमले युवाहरूलाई देशमै रोजगारी सिर्जना गर्न हौसला प्रदान गर्छ,’ उनले भने, ‘सम्मानित भएका युवालाई आफ्नो प्रयास जारी राख्न र अरूलाई प्रेरित गर्न अनुरोध गर्दछु ।’

यस्तै कार्यक्रम बोल्दै उद्यमी आभुषण ज्योती कंसाकारले स्टार्टअप कल्चर बारे जानकारी दिदै स्टार्टअप र इन्नोभेसनमा युवाहरूलाई प्रेरित गर्नुपर्ने बताए ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै नेपाल युवा उद्यमी मञ्चकी अध्यक्ष साहार जोशीले युवा उद्यमीको सफलतामा हौसला थप्दै भावी उद्यमशील  पुस्ता तयार गर्न एनवाईईएफ प्रतिबद्ध रहेको जानकारी दिइन् ।

त्यसैगरी, कार्यक्रममा बोल्दै नेपाल युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरकी अध्यक्ष प्रार्थाना शाखले आफ्नो उद्यमशीलताको यात्रा पनि विद्यार्थी जीवनबाट सुरू भएको बताउँदै विद्यार्थी उद्यमीलाई प्रोत्साहन गर्न र एउटा प्लेटफर्म प्रदान गर्न इमर्जिङ लिडर आयोजना गरिएको बताएन ।  

इमर्जिङ लिडरका लागि देशभरबाट ५० बढी विद्यार्थी उद्यमीको आवेदन प्राप्त भएको थियो । नेपाल युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरले नेपालमा स्टार्टअप इकोसिस्टम विकास गर्न विविध कामहरू गर्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.