आईतवार, जेष्ठ ३,२०८३ 10:57:29
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:57:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण

Laxmi Sunrise Bank Limited
एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण
Shivam Cement

काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज एसईईको नजिता सार्वजनिक गरेको हो ।  

गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ुकल विद्यार्थीमध्ये १८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् । यसपालीको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।  

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) प्राप्त गरेका छन् । यससँगै एनजी प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा पढ्न पाउने छैनन् ।  

Bizshala
New Office
CG Motors

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेकाले  सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था रहेको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने हुन्छ ।  

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी उल्लेख हुने प्रावधत्रान गरिएको छ । यस्ता विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिएपछि मात्रै कक्षा ११ मा पढ्न पाउने छन् ।  

यस्तै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने व्यवस्था गरिएको छ ।  

२ भन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिदा समेत ३५ प्रतिशत अंक ल्याउन नसकेका विद्यार्थीले भने अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था रहेको छ ।  

एसईईको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिन्छ ।

यस्तै नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर , स्विफ्ट टेक्नोलोजी प्रालिमा ३४४५५ कोडमा, जानकी टेक्नोलोजीमा ३५००१ मा कोडमा, स्प्यारो एसएमएस ३५००१ कोडमा, इजी सर्भिसमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड प्रयोग गरी एसएमएस गरेर नतिजा हेर्न सकिन्छ ।  

त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, खल्ती, ईसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा  हेर्न सकिन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.