सोमबार, असार २,२०८२ 12:09:49
  • सोमबार, असार २,२०८२ 12:09:49
Global IME Bank Limited

एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण

Hyundai Nepal
एसईईको नतिजा सार्वजनिक, ४७.८६% विद्यार्थीमात्रै उत्तीर्ण
Nabil Bank Limited

काठमाण्डौ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आज एसईईको नजिता सार्वजनिक गरेको हो ।  

गत चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । ुकल विद्यार्थीमध्ये १८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् । यसपालीको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए ।  

परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) प्राप्त गरेका छन् । यससँगै एनजी प्राप्त गरेका विद्यार्थीले कक्षा ११ मा पढ्न पाउने छैनन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोर्डले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरेकाले  सैद्धान्तिक र आन्तरिकको मूल्यांकन फरक–फरक रुपमा गर्ने व्यवस्था रहेको छ । विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ ।

७५ अंकको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अंक र आन्तरिकतर्फ २५ पूर्णांकको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अंक ल्याउनुपर्ने हुन्छ ।  

सैद्धान्तिकतर्फ ७५ पूर्णांकको परीक्षा हुने विषयमा ३५ प्रतिशत अर्थात् २६.२५ अंक नपाएका विद्यार्थीको प्रमाणपत्रमा एनजी उल्लेख हुने प्रावधत्रान गरिएको छ । यस्ता विद्यार्थीले ग्रेड वृद्धि परीक्षा दिएपछि मात्रै कक्षा ११ मा पढ्न पाउने छन् ।  

यस्तै कुनै एक विषयमा आन्तरिकतर्फ १० र सैद्धान्तिकतर्फ न्यूनतम २६.२५ अंक नल्याएको अवस्थामा विद्यार्थीले मूल प्रमाणपत्र नपाउने व्यवस्था गरिएको छ ।  

२ भन्दा बढी विषयमा न्यूनमत ३५ प्रतिशत अंक नपाएका र ग्रेड वृद्धि परीक्षा दिदा समेत ३५ प्रतिशत अंक ल्याउन नसकेका विद्यार्थीले भने अर्को वर्ष एनजी लागेको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था रहेको छ ।  

एसईईको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिन्छ ।

यस्तै नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर , स्विफ्ट टेक्नोलोजी प्रालिमा ३४४५५ कोडमा, जानकी टेक्नोलोजीमा ३५००१ मा कोडमा, स्प्यारो एसएमएस ३५००१ कोडमा, इजी सर्भिसमा ३४९४९ कोडमा र आकाश टेक प्रालिमा ३१००३ कोड प्रयोग गरी एसएमएस गरेर नतिजा हेर्न सकिन्छ ।  

त्यस्तैगरी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, राष्ट्रिय परीक्षा बोर्ड, नेपाल टेलिकम, खल्ती, ईसेवा, एनसेललगायतका वेबसाइटमार्फत् पनि नतिजा  हेर्न सकिन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.