सोमबार, असार २,२०८२ 06:20:59
  • सोमबार, असार २,२०८२ 06:20:59
Global IME Bank Limited

भियना बन्यो विश्वकै बस्नलायक शहर, कम बस्नलायकमा को–को परे ?

Hyundai Nepal
भियना बन्यो विश्वकै बस्नलायक शहर, कम बस्नलायकमा को–को परे ?
Nabil Bank Limited

काठमाण्डौ । अष्ट्रियाको राजधानी भियना विश्वको सबैभन्दा बस्नलायक शहर बनेको छ । इकोनोमिक इन्टीलिजेन्स युनिटले सार्वजनिक गरेको सूचीअनुसार भियना लगातार तेस्रो वर्ष विश्वकै शीर्ष बस्नलायक शहर बन्न सफल भएको हो ।  

इकोनोमिक इन्टीलिजेन्स युनिटले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा विश्वका १७३ शहरहरुको अनुसन्धान गरिएको थियो । उक्त अनुसन्धानमा विश्वका शहरहरु बसोवास गर्नका लागि कत्तिको सुरक्षित र आरामदायी छन् भन्ने बारे अध्यन गरिएको थियो । अनुसन्धानमा शहरहरुको स्थायित्व,स्वास्थ्य सेवा,संस्कृति र वातावरण,शिक्षा र पूर्वाधार गरी ५ विषयलाई आधार मानिएको थियो ।  

स्थायित्व,स्वास्थ्य सेवा,शिक्षा र पूर्वाधारमा अब्बद देखिएको भियनाले यो वर्ष पनि विश्वकै बस्नलायक शहरको उपाधि आफ्नो नाम गरेको छ । दोस्रो स्थानमा पनि युरोपेली देश डनमार्कको राजधानी कोपनहेगन रहेको छ । तेस्रोमा स्ट्जिरल्याण्डको शहर ज्यूरिख रहेको छ ।  

विश्वको बस्नलायक शहरको चौथो स्थानमा अष्ट्रेलियाको मेलबर्न,पाचौंमा क्यानडाको कालगेरी,छैठौंमा  स्विट्जरल्याण्डको जेनेभा,सातौंमा अष्ट्रेलियाको सिड्नी,आठौंमा क्यानडाको भानकौभर,नवौंमा जापानको ओसाका र दशौंमा न्यूजिल्याण्डको अकल्याण्ड रहेका छन् ।    

भियनाले संस्कृति र वातावरणमा अन्यको श्रेणीको तुलनामा कम अंक प्राप्त गरेको छ । मुख्य खेलकुद प्रतियोगिताहरुको अभावका कारण भियनाले यो श्रेणीमा कम अंक प्राप्त गरेको इकोनोमिक इन्टीलिजेन्स युनिटले जनाएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

विकसित अर्थतन्त्रका धेरैजसो शहरहरुमा स्थायित्व र पूर्वाधारमा आएको ह्रासलाई विकाशील अर्थतन्त्रका शहरहरुको स्वास्थ्य सेवा र शिक्षामा संरचनात्मक सुधारहरुले प्रतिस्थापन गरिरहेको प्रतिवेदनमा उल्लेख छ ।  

एशियाली शहरहरुमा जापानको ओसाको विश्वको बस्नलायक शहरको रुपमा सूचिकृत भएको छ । त्यस्तै जापानको राजधानी टोकियो १४ औं स्थानमा,सिंगापुर २६ औं र हङकङ ५० औं स्थानमा रहेका छन् ।  

भारतका शहरहरुको स्तर बढ्दो बायु प्रदुषणका कारण खस्किएको छ ।  

विश्वका सबैभन्दा कम बस्नलायक शहरहरुमा सब–सहारा अफ्रिका,मध्य–पूर्व र उत्तर अफ्रिकाका शहरहरुको बर्चस्व रहेको छ । सिरियाको दमास्का र लिबियाको त्रिपोली विश्वकै कम बस्नलायक शहरको रुपमा रहेका छन् ।  

युक्रेनको किभ कम बस्नलायक शहरको ९ औं स्थानमा रहेको छ । इजरायलको राजधानी तेल अभिभको स्तर सबैभन्दा धेरै खस्किएको छ । तेल अभिभ २० स्थान तल झर्दै ११२ औं स्थानमा झरेको छ । गत अक्टोबरदेखि हमाससँग भएको युद्धमा इजरायलका १२ सय र प्यालेस्टाइनका ३७ हजार बढीले ज्यान गुमाईसकेका छन् ।   

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.