बुधबार, असार १७,२०८३ 08:26:45
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:26:45
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

जानकी हेरिटेज होटल र बबरमहल एडमिनिस्ट्रेटिभ प्जालामा मात्रै लगानीकर्ताको आशय पत्र

Laxmi Sunrise Bank Limited
जानकी हेरिटेज होटल र बबरमहल एडमिनिस्ट्रेटिभ प्जालामा मात्रै लगानीकर्ताको आशय पत्र

काठमाडौं । लगानी सम्मेलनका क्रममा सोकेसमा राखिएका परियोजनामध्ये अहिलेसम्म दुई परियोजनामा मात्र लगानीकर्ताको आशय पत्र प्राप्त भएको जनाएको छ। जसमा मध्ये ८ वटा परियोजनामा मागिएको आशय पत्रको अवधि पूरा भई खोलिएको बताइएको छ।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीका अनुसार तेस्रो लगानी सम्मेलनमा लगानी बोर्डको कार्यक्षेत्रभित्र पर्ने कुल १२ वटा परियोजनामा आशय पत्र माग गरेको थियो। 

New Office
CG Motors
Garima Development Bank

जानकी हेरिटेज होटल एन्ड कल्चरल भिलेज परियोजना र बबरमहल एडमिनिस्ट्रेटिभ प्जाला गरी दुई परियोजनामा मात्र आशय पत्र प्राप्त भएको उनले बताए।

हेरिटेज होटलमा स्वदेशी लगानीकर्ता सोल्टी शिवबिक्रम प्रालि ताहाचलले आशय पत्र बुझाएको उनले बताए।

यो परियोजना चार वर्ष अगाडिको लगानी सम्मेलनमा समेत सोकेसमा राखिएको बताइएको छ। पछिल्लो समय सोल्टी होटलले तीव्र लगानी विस्तार गरिरहेको रसोही क्रममा कम्पनीले जानकी होटलमा लगानीको आशय देखाएको हो।

यस होटलको लागत साढे २ अर्ब अनुमान गरिएको छ। लगानी बोर्डले लगानी सहजीकरणका लागि काम गर्नुपर्ने हुन्छ। बबरमहल प्रशासनिक प्लाजाका लागि समेत एक आशय पत्र प्राप्त भएको छ। 

यस परियोजनामा गन्सु–एसएस–ल्यान्डमार्क काठमाडौंले आशय पत्र बुझाएको बोर्डले जनाएको छ। ८ वटा परियोजनामध्ये पोखरा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, धुलिखेल मेडिसिटी प्रोजेक्ट, सुदूरपश्चिम सार्वजनिक यातायात परियोजना, दाइजी औद्योगिक पार्क र गौतमबुद्ध मेटरनिटी हस्पिटलमा भने कुनै पनि लगानीकर्ताले आशय देखाउन नसकेको लगानी बोर्डको भनाइ छ।  

बाँकी ४ परियोजनाको भने आशय पत्र लिने अवधि १२ जुलाई २०२४ रहेको छ। यी चार परियोजनामा नौमुरे बहुउद्देश्यीय जलविद्युत् आयोजना २८१ (मेगावाट) , कालिगण्डकी २ स्टोरेज जलविद्युत् परियोजना ६५० मेगावाट खिम्ती थोसे शिवालय स्टोरेज जलविद्युत् (१२१६ मेगावाट) र भार्भुङ स्टोरेज हाइड्रोपावर (३३७ मेगावाट) रहेका लगानी बोर्डले जनाएको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.