बुधबार, असार १७,२०८३ 08:30:26
Bizshala
  • बुधबार, असार १७,२०८३ 08:30:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बिटक्वाइनको मूल्य लगातार चौथो दिन पनि घट्यो

Laxmi Sunrise Bank Limited
बिटक्वाइनको मूल्य लगातार चौथो दिन पनि घट्यो

काठमाण्डौ। विश्वको सबैभन्दा पुरानो र ठूलो क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य घटेर अहिलेसम्मकै न्यून बिन्दुमा पुगेको छ। आज लगातार चौथो दिन बिटक्वाइनको मूल्य घट्ने क्रम जारी रहेको हो। 

यसको मूल्य २१ प्रतिशतभन्दा बढीले घटेर शुक्रबार चार महिनाको न्यूनमा झरेको छ।  जसमा बिटक्वाइनको मूल्य यस्तो समयमा घटेको हो जुन सेयर बजारले दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ।

New Office
CG Motors
Garima Development Bank

अमेरिकी राष्ट्रपतिको चुनावमा जो बाइडेन डेमोक्र्याटिक पार्टीको उम्मेदवार रहने कि नरहने भन्ने चिन्ता लगानीकर्तामा छ। साथै, क्रिप्टो आपूर्तिमा सम्भावित बृद्धिले पनि क्रिप्टोकरेन्सीको मूल्य घटेको छ।

बिटक्वाइनको मूल्य शुक्रबार ८ प्रतिशतले घटेर ५३,९१८ अमेरिकी डलर पुगेको छ। यो फेब्रुअरी महिनापछिको सबैभन्दा कम हो। त्यस्तै, विश्वको दोस्रो ठूलो क्रिप्टोकरेन्सी ईथर पनि ९ प्रतिशत घटेर २,८५५ अमेरिकी डलर पुगेको छ, जुन डेढ महिनायताकै न्यून स्तर हो।

अमेरिकामा एक्सचेन्ज ट्रेडेड कोषको सुरुवात पछि बिटक्वाइनले वर्षको लागि बलियो सुरुवात गरेको थियो। मार्चको मध्यमा यसको मूल्य ७३,८०३.२५ अमेरिकी डलरको उच्च रेकर्डमा पुगेको थियो। तर त्यसयता बिटक्वाइनको मूल्य २१ प्रतिशतभन्दा बढीले घटेको छ। जसका लगानीकर्ताहरू पनि चिन्तित बनेका छन्। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.