सोमबार, असार २,२०८२ 10:56:25
  • सोमबार, असार २,२०८२ 10:56:25
Global IME Bank Limited

राष्ट्र निर्माणमा युवाको भूमिका विषयक सेमिनार असार २७ गतेदेखि हुने

Hyundai Nepal
राष्ट्र निर्माणमा युवाको भूमिका विषयक सेमिनार असार २७ गतेदेखि हुने
Nabil Bank Limited

काठमाण्डौ । युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै  युवा केन्द्रीत ३ दिवसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९ गते सम्म सेमिनारको आयोजना हुन लागेको हो ।

राष्ट्र निर्माणमा युवाहरुको भूमिकाको सन्दर्भमा हुन लागेको सेमिनारमा नेतृत्व विकास, चरित्र निर्माण, व्यक्तित्व विकास स्थायी शान्तीको लागि पहलकदमी, द्धन्द्ध व्यवस्थापन तथा आर्थिक विकासका बारेमा छलफल हुने छ । काठमाण्डौ महानगरपालिका– १ को सहकार्यमा हुन लागेको सेमिनारमा राष्ट्र निर्माण सम्भव छ र राष्ट्रिय विकासको लागि बढ्दो अर्थव्यवस्थामा युवाहरूको सहभागिता आवश्यक रहेको विषयमा छलफल हुने कार्यक्रमका संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

श्रेष्ठका अनुसार  युवाहरू देशको सबैभन्दा ठूलो शक्ति हो यसैले राष्ट्रको दिगो विकासको लागि उनीहरूलाई सक्षम र पर्याप्त योगदान पुर्याउन सशक्त बनाउन महत्वपूर्ण प्रयासहरू गर्न आवश्यक भएकोले कार्यक्रमको आयोजना गरिएको सेमिनारको सह संयोजक कामना भुसालको भनाई छ ।

सेमिनारमा अन्तारष्ट्रिय प्रशिक्षक रिचेल हालिपा, लेखक ,काशिनाथ खनाल एफएफडब्लु पीयु साउथ एसियाको अध्यक्ष सन्तोष कुमार पौडेल प्रकाशबाबु थापा लगायतले प्रशिक्षण दिने कार्यक्रम संयोजक विरेन्द्र श्रेष्ठले जानकारी दिए । पीस एम्बीसी भवन नक्सालमा हुने कार्यक्रममा पूर्वमन्त्री एवंम् संधिय सासद एकनाथ ढकालले विशेष प्रशिक्षण दिने कार्यक्रम छ ।

सेमिनारमा युपीएफ, नेपाल, तङ्ग इल मोदो संघ, बिश्व शान्ति महिला संघ लगायतको संघ संस्थाले सहयोग गरेका छन् । सेमिनारमा काठमाण्डौ उत्यकाका १६ देखि ४० वर्षसम्मकायुवा युवतीहरुको सहभागिता रहने छ । सेमिनारको मिडिया पार्टनरको रुपमा द युनिर्भसल टाईम्स् रहेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.