सोमबार, असार २,२०८२ 06:01:22
  • सोमबार, असार २,२०८२ 06:01:22
Global IME Bank Limited

काल्सबर्गले ब्रिटभीकलाई ४ बिलियन डलरमा खरिद गर्ने, सेयरमूल्यमा उछाल

Hyundai Nepal
काल्सबर्गले ब्रिटभीकलाई ४ बिलियन डलरमा खरिद गर्ने, सेयरमूल्यमा उछाल
Nabil Bank Limited

काठमाण्डौ । डेनमार्कको बियर उत्पादक कम्पनी काल्सबर्गले बेलायतको सफ्ट ड्रिङ्क कम्पनी ‘ब्रिटभीक’लाई खरिद गर्ने भएको छ । सोमबार कम्पनीले ब्रिटभीकलाई ४.२ बिलियन डलरमा खरिद गर्ने सम्झौता गरेको हो ।  

यससँगै कम्पनीले ब्रिटभीकको प्रतिसेयरलाई १२९० पेन्स प्रदान गर्ने सम्झौता गरेको छ । यसका साथै ब्रिटभीकका सेयरधनीहलाई प्रतिकित्ता १३१५ पेन्स प्रदान गर्नेछ । ब्रिटभीक बेलायको पब ग्रुप मार्स्टको कम्पनी हो ।  

यसअघि गत जुनमा ब्रिटभीकले प्रतिकित्ता १२५० पेन्स प्रदान गर्ने काल्सबर्गको प्रस्ताव नकारेको थियो । कम्पनीले त्यसबेला यो प्रस्ताव अन्डरभ्याल्युड भएको भन्दै प्रस्ताव अस्विकार गरेको थियो । काल्सबर्गले जुन ६ गते प्रतिकित्ता १२०० पेन्स प्रदान गर्ने प्रस्ताव समेत कम्पनीले अस्विकार गरेको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो नयाँ सम्झौताले विविध पेय क्षेत्रमा नयाँ अवसरहरुको सिर्जना हुने दुवै कम्पनीले बताएका छन् ।  

काल्सबर्गले ब्रिटभीकलाई प्राप्ति गर्ने खबर बाहिरिएसँगै कम्पनीको सेयरमूल्य ४ प्रतिशतले बढेको छ । यस्तै ब्रिटभीकको सेयरमूल्य पनि ५ प्रतिशतले उकालो लागेको छ । मार्स्टनको सेयरमूल्यमा पनि १५ प्रतिशतको उछाल आएको छ ।  

सन् १८४७ मा स्थापना भएको काल्सबर्गको बेलायतमा लामो इतिहास रहेको छ । नयाँ सम्झौताले पेप्सीकोसँगथ पनि काल्सबर्गको समझादारी अझै बलियो बन्ने विश्वास गरिएको छ ।  

ब्रिटभीकले बेलायत,आयरल्याण्ड,ब्राजिक र अन्य अन्तराष्ट्रिय बजारहरु जस्तै फ्रान्स, मध्य–पूर्व र एशियामा सफ्ट ड्रिङ्क बेच्ने गर्छ ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.