बुधबार, असार १७,२०८३ 11:39:49
Bizshala
  • बुधबार, असार १७,२०८३ 11:39:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

Laxmi Sunrise Bank Limited
सिटिजन्स बैंकद्वारा सातवटै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ।

बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका ८ शाखाहरु मार्फत  विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरी विभिन्न वर्गलाई वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्र्दान गर्ने कार्य गरेको छ। कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ।

New Office
CG Motors
Garima Development Bank

यो सँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ। 

नगद कारोबार,लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ। 

यसबाट बैंकिङ्ग प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।

साथै बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ। आफ्ना शाखा कार्र्यालयहरु मार्फत  बैंकले विभिन्न विद्यालय र संघ संस्थालाई सहयोग प्रदान गरेको हो।

जसअन्र्तगत बैंकको चामे शाखाले चामे मनाङमा अवस्थित लोक प्रिय माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार बालबालिकाहरुलाई न्यानो स्वेटर उपलब्ध गराएको छ। 

त्यस्तै बैंकको कोहलपुर शाखाले कौसिल्य अस्पताल कोहलपुर, बाँके सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। 

सामान्य चिकित्सा र आँखाको जाँच तथा निःशुल्क औषधी बितरण गरिएको सो स्वास्थ्य शिविरबाट करिब १०० जना व्यक्तिहरु लाभान्वित भएका छन्। 

साथै बैंकको धनगढी शाखाले कैलालीको गेटा आँखा अस्पताललाई ५ थान ३ सिटर बेन्च उपलब्ध गराएको छ। बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६० वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.