बुधबार, श्रावण १४,२०८२ 08:12:27
  • बुधबार, श्रावण १४,२०८२ 08:12:27
Global IME Bank Limited

विश्वभर माइक्रोसफ्टका ८५ लाख उपकरण प्रभावित

Hyundai Nepal
विश्वभर माइक्रोसफ्टका ८५ लाख उपकरण प्रभावित
Shivam Cement

काठमाण्डौ । साइबर सेक्युरिटी कम्पनी क्राउडस्ट्राइकको सफ्टवेयर अपडेटका कारण आएको समस्याका कारण विश्वभर माइक्रोसफ्टका ८५ लाख उपकरण प्रभावित बनेका छन् । माईक्रोसफ्टले शनिबार एक ब्लग पोस्ट गर्दै यस्तो जानकारी दिएको हो ।  

‘क्राउडस्ट्राइकको सफ्टवेयरमा देखिएको समस्याका कारण हामीले ८५ लाख उपकरण प्रभावित बनेको अनुमान गरेका छौं । जुन सम्पूर्ण विन्डो मेशिनको १ प्रतिशतभन्दा कम हो ।’माइक्रोसफ्टले ब्लगमा लेखेको छ ।  

गत शुक्रबार अमेरिकी साइबर सेक्युरिटी कम्पनी क्राउडस्ट्राइकको सफ्टवेयरमा आएको समस्याका विश्वभरका हवाई सेवा मिडिया स्वास्थ्य र बैंकिङ सेवा प्रभावित बनेका थिए ।  

यो समस्याका कारण प्रभावित उपकरणको संख्या उल्लेख्य रुपमा कम भएपछि यसले विश्वभरको आर्थिक र सामाजिक क्षेत्रमा पारेको प्रभाव भने उल्लेख्य रहेको माइक्रोसफ्टले जनाएको छ ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.