सोमबार, असार २,२०८२ 07:58:25
  • सोमबार, असार २,२०८२ 07:58:25
Global IME Bank Limited

राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई अघि सार्ने

Hyundai Nepal
राष्ट्रपतिको दौडबाट बाहिरिए बाइडेन, कमला ह्यारिसलाई अघि सार्ने
Nabil Bank Limited

काठमाण्डौ । जो बाइडेन अमेरिकी राष्ट्रपति निर्वाचनको दौडबाट बाहिरिएका छन् । आगामी नोभेम्बर महिनामा आयोजना हुने निर्वाचनमा बाइडेनले उम्मेद्वारी नदिने भएका हुन् ।  

बाइडेनले डेमोक्रेटिक पार्टीबाट कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा समर्थन गर्ने बताएका छन् । ८१ वर्षिय बाइडेनले आइतबार लिखित विज्ञप्ती जारी गर्दै उम्मेदवारीबाट नाम फिर्ता लिनु आफ्नो पार्टी र देशका लागि सबैभन्दा उत्तम विकल्प भएको बताएका छन् ।    

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

गत साता रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पमाथि हत्या प्रयास भएपछि बाईडेनको यस्तो घोषणा आएको हो । यो घटनाबाट ट्रम्पले सेन्टिमेन्ट भोट प्राप्त गर्ने सम्भावना धेरै भएकाले बाइडेनले ट्रम्पलाई पराजित गर्न गाह्रो हुने डेमोक्रेटिक पार्टीका शीर्ष तहका नेताहरुले बताएका थिए । जसका कारण बाइडेनलाई राष्ट्रपतिको उम्मेदवारीबाट पछि हट्न दबाव परेको थियो । यसका साथै उनको स्वास्थ्य अवस्थालाई लिएर समेत उनीमाथि दबाव सिर्जना गरिएको थियो ।  

बाईडेनलाई राष्ट्रपतिको उम्मेदवारको रुपमा छनौट गर्न सुरुवाति प्रक्रियामा १४ लाख डेमोक्रेटले मतदान गरिसकेका थिए ।  

कमला ह्यारिसले बाइडेनको कदमको खुलेर प्रशंसा गरेकी छिन् । उनले बाइडेनको निर्णयलाई निःस्वार्थ र देशभक्तीपूर्ण कदम भन्दै प्रशंसा गरेकी छिन् । उनले आफूले पार्टीबाट राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी जित्ने पनि विश्वास व्यक्ति गरेकी छिन् । ‘ म आफ्नो बलबुताले भ्याएसम्म डेमोक्रेटिक पार्टी र समग्र देशलाई एकताबद्ध गर्न तथा डोनाल्ड ट्रम्प र उनको अजेण्डालाई पराजित गर्न जुनसु्कै कार्य गर्न तयार छु ।’ उनले भनिन् ।     

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.