सोमबार, असार २,२०८२ 06:04:58
  • सोमबार, असार २,२०८२ 06:04:58
Global IME Bank Limited

विश्वका यी १० देशमा जनताबाट उठाइदैन एक रुपैयाँ पनि कर, कसरी चलिरहेको छ त अर्थतन्त्र ?

Hyundai Nepal
विश्वका यी १० देशमा जनताबाट उठाइदैन एक रुपैयाँ पनि कर, कसरी चलिरहेको छ त अर्थतन्त्र ?
Nabil Bank Limited

काठमाण्डौ । आयकर कुनैपनि देशको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको हुन्छ । विभिन्न देशमा मानिसहरुले आय आर्जन गर्ने आम्दानीका आधारमा आयकर निर्धारण गरिएको हुन्छ । अर्थात जसले कम कमाउछ उसले कम र जसले धेरै कमाउछ उसले धेरै कर तिर्नुर्पे हुन्छ । तर के तपाईलाई थाहा छ ?विश्वमा यस्ता देशहरु पनि छन्, जहाँ मानिसहरुबाट आयकर उठाईदैन । आखिर कुन–कुन देशहरुले आफ्नाा जनताबाट असुल्दैनन् त आयकर ?

१. युएई

विश्वका प्रत्यक्ष कर मुक्त अर्थतन्त्र भएको देश नियाल्ने हो भने शीर्ष स्थानमा संयुक्त अरब इमिरेट्स पर्छ । यहाँ जनताबाट कुनै पनि प्रकारको व्यक्तिगत कर लिइदैन । यसको साटो सरकारले विभिन्न अप्रत्यक्ष कर उठाउने गर्छ । युएई सरकारले भ्यालु एडेट ट्याक्स र अन्य शुल्क लिने गर्छ । युएईको अर्थतन्त्र पर्यटन र तेलका कारण धेरै नै बलियो छ । यहि कारण यहाँको सरकारले मानिसहरुलाई आयकरमा राहात दिएको छ ।  

२.बहराइन

कर मुक्त देशको रुपमा बहराइनको नाम पनि समावेश छ । यो देशमा पनि जनताबाट कुनै पनि व्यक्तिगत कर लिइदैन । यहाँ पनि प्रत्यक्ष करको साटो अन्य अप्रत्यक्ष कर लिइन्छ ।  

कुवेत  

कुवेत पनि ट्याक्स फ्रि देशहरुमा सूचिकृत छ । यहाँ पनि कुनै प्रकारको व्यक्तिगत कर लिइदैन । कुवेत पनि सम्पूर्ण रुपमा तेलको निर्यातमा निर्भर छ । तेलको निर्यातबाटै सरकारले मनग्य आम्दानी गर्ने भएकाले यहाँको सरकारले जनताबाट कर उठाउनु आवश्यक नै छैन ।  

साउदी अरब  

साउदी अरबमा पनि जनताबाट कुनै पनि प्रत्यक्ष आयकर लिइदैन । देशको समृद्ध अर्थव्यवस्थाका कारण यहाँको सरकारले यस्तो नीति अवलम्बन गरेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

द बहमास  

पर्यटकहरुलाई स्वर्गको उपनामले परिचित द बहमास पश्चििमी धुव्रमा अवस्थित देश हो । यो देशको विशेषता के हो भने, यहाँ जनताबाट कुनै पनि कर उठाइदैन ।  

ब्रुनई

तेलको भण्डार भएको देश ब्रुनई पनि करमुक्त देश हो । यो देश दक्षिण एशियामा अवस्थित छ ।  

केम्यान आइल्याण्ड

केम्यान आइल्याण्ड उत्तरी अमेरिकाको क्यारेबियन क्षेत्रमा पर्छ । यो पर्यटकका लागि आकर्षक गन्तव्यमा पर्छ । सरकारले पर्यटन क्षेत्रबाट राम्रो आम्दानी गर्ने भएकाले आम सर्वसाधारणबाट कुनै पनि प्रकारको प्रत्यक्ष कर लिइदैन ।  

ओमान

बहराइन र कुवेतका अलावा खाडीको देश ओमान पनि करमुक्त देश हो । ओमानका नागरिकले पनि आयकर तिर्नु पर्दैन । यसको मुख्य कारण ओमानको बलियो तेल र ग्यास भण्डार हो ।  

कतार  

ओमान बहराइन र कुवेत जस्तै कतार पनि आयकर मुक्त देशको सूचीमा पर्छ । कतारको अर्थतन्त्र पनि तेल निर्यातका कारण बलियो अवस्थामा छ ।  

मोनाको  

युरोपेली देश मोनाको सानो देश हो । सानो देश भएतापनि यहाँ जनताबाट कुनै पनि आयकर लिइदैन ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.