• शुक्रबार, भाद्र २७,२०८२ 12:17:46
Global IME Bank Limited

एक दशकमा विश्वका १% धनाढ्यले कमाए ४२ ट्रिलियन डलर, विश्वको आधि जनसंख्याको तुलनामा ३६ गुणा बढी

Hyundai Nepal
एक दशकमा विश्वका १% धनाढ्यले कमाए ४२ ट्रिलियन डलर, विश्वको आधि जनसंख्याको तुलनामा ३६ गुणा बढी

काठमाण्डौ । विश्वका १ प्रतिशत धनाढ्यले बितेको १ दशकमा ४२ ट्रिलियन डलरबराबरको सम्पत्ति आर्जन गरेका छन् । अक्सफामले एक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो ।  

अक्सफामका अनुसार दश वर्षको अवधिमा विश्वका १ प्रतिशत धनाढ्यले कमाएको ४२ ट्रिलियन डलर बाँकी विश्वका आधि जनसंख्याले आर्जन गरेको भन्दा ३६ गुणा बढी हो । प्रतिवेदनमा धनाढ्य अझै धनी बन्दै गएतापनि उनीहरुमाथिको कर भने ऐतिहासिक रुपमा न्यून अवस्थामा पुगको उल्लेख गरिएको छ ।  

रिपोर्टका अनुसार विश्वका धनाढ्यहरुले उनीहरुको सम्पत्तिको तुलनामा ०.५ प्रतिशतभन्दा कम कर तिरिरहेका छन् । विश्वका प्रत्येक ५ वटा धनाढ्यमध्ये ४ जना जी२० देशका रहेका छन् । ब्राजिलमा आयोजना हुन गईरहेको जी२०को सम्मेलनअघि अक्सफामको यस्तो प्रतिवेदन सार्वजनिक भएको । उक्त सम्मेलनमा विश्वका धनाढ्यहरुलाई कर बढाउनु पर्ने अजेण्डा पेश गर्नुपर्ने आवाज उठ्न थालेको छ । यो साता जी२० का देशका अर्थमन्त्रीहरुले धनाढ्यहरुलाई कर बढाउने र धनाढ्यहरुले कर छुट पाउने प्रक्रियालाई हटाउने विषयमा छलफल गर्ने भएका छन् ।    

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.