सोमबार, असार २,२०८२ 06:29:06
  • सोमबार, असार २,२०८२ 06:29:06
Global IME Bank Limited

उत्तर कोरियामा बाढी पहिरोको प्रकोप, आपतकाल घोषणा

Hyundai Nepal
उत्तर कोरियामा बाढी पहिरोको प्रकोप, आपतकाल घोषणा
Nabil Bank Limited

काठमाण्डौ । विगत एक सातादेखि उत्तर कोरियामा आएको भिषण वर्षाका कारण त्यहाँ आपतकाल घोषणा गरिएको छ । बाढीका कारण हजारौं मानिसहरु फसेका कारण उत्तर कोरियाली शासक किम जोङ उनले राष्ट्रव्यापी आपकाल घोषणा गरेको उत्तर कोरियाका सरकारी मिडियाले बताएका छन् ।  

सार्वजनिक भएको तस्बिरहरुमा सिनयुजु शहर र चीनको सीमा नजिक रहेको उईजुका खेतहरु डुबानमा परेको देखिएको छ । उत्तर कोरियाको सरकारी मिडियाले धेरैजसोलाई हवाई माध्यमबाट उद्धार गरिएको उल्लेख गरेका छन् । यद्यपी बाढी पहिरोका कारण भएको जनधनको क्षतिका बारेमा भने केही पनि उल्लेख गरिएको छैन ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

रिपोर्टका अनुसार ४ हजार २ सय जनालाई उद्धार गरिएको छ । यस्तै तस्बिरमा किम जोङ उन कारमा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै गरेको देख्न सकिन्छ । किमले बाढीबाट पव्रभावित ३ वटा प्रान्तका क्षेत्रहरुलाई विशेष प्रकोप आपतकालिन क्षेत्र घोषणा गरेका छन् ।  

बाढी पहिरोको प्रकोप उत्तर कोरियाका लागि नौलो भने होइन । उत्तर कोरियाका पहाडहरुमा भईरहेको व्यापक बन फडानीले गर्दा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको घटनाहरु वृद्धि भईरहेको छ । यस्ता प्रकोपले सीमित मात्रामा रहेको कृषियोग्य जमिन प्रभावित बन्ने र भोकमरीको संकट निम्तने आँकलन गरिएको छ । सन् २०१५ को आँकडाअनुसार उत्तर कोरियाको प्रतिव्यक्ति आय त्यसबेला १७ सय थयो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.