शनिबार, बैशाख १३,२०८२ 02:45:33
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 02:45:33
IME remit
Global IME Bank Limited

नेप्सेमा सामान्य करेक्सन, जानकार भन्छन् ‘बजार बुलिस ट्रण्डमै भएकाले राम्रा कम्पनीमा लगानी गर्ने अवसर’

Hyundai Nepal
नेप्सेमा सामान्य करेक्सन, जानकार भन्छन् ‘बजार बुलिस ट्रण्डमै भएकाले राम्रा कम्पनीमा लगानी गर्ने अवसर’
Nabil Bank Limited

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सामान्य अंकको करेक्सन आएको छ । आज नेप्से परिसूचक ०.१९ प्रतिशत अर्थात ५.२९ अंकले घटेर २ हजार ७५५.६२ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.६६ प्रतिशतले घटेर ४९२.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ५ करोड १३ लाख २१ हजार ६२९ कित्ता सेयर २१ अर्ब ७१ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्,  ‘निरन्तर बढिरहेको बजारमा आजको करेक्सनलाई सामान्य रुपमा लिन सकिन्छ । यद्यपी बजार बुल ट्रेण्डमै छ । संस्थागत लगानीकर्ताका लागि २० करोडको क्याप हटाएर राष्ट्र बैंकले पूँजीबजारमैत्री नीति लिएको देखिन्छ । यस्तै कर्जाको दायरा बढाउने गरी मौद्रिक नीति आएको छ । यस्तै कारणले गर्दा बजार अझै बढ्ने देखिन्छ ।’

बजारमा यतिबेला केही सीमित कम्पनी बाहेक अधिकांश कम्पनीको सेयरमूल्य अन्डरभ्याल्यड रहेको रजौरेले बताए  । त्यसैले वित्तीय अवस्था राम्रा भएका कम्पनीमा लगानी गर्ने अवसर अझै बाँकी रहेको उनको ठम्याई छ ।  

अर्का बजार जानकार प्रेम ओली भन्छन्,‘आजको घटाईलाई सामान्य करेक्सन मान्न सकिन्छ । ठूलो कारोबारले बजारलाई साथ दिईरहेको छ । सातामा करिब १ खर्बको कारोबार हुनुले बजारको बलियो अवस्थालाई दर्शाएको छ ।’    

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा रातो पोतियो भने ६ वटा समूहमा हरियाली छायो । आज जीवन बीमा समूहमा सर्वाधिक वृद्धि देखियो । यो समूह आज ३.६९ प्रतिशतले बढ्यो । वित्त समूह आज १.७७ प्रतिशत,होटल ०.३५, वित्त २.७४,म्युचुअल फण्ड १.१३ र निर्जीवन बीमा समूह १.७४ प्रतिशतले बढ्यो ।  

आज व्यापार समूह सर्वाधिक अर्थात ३.५४ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.३९ प्रतिशत,विकास बैंक ०.७९,हाईड्रो १.९०,उत्पादन तथा प्रशोधन १.०४,लघुवित्त ०.८२ र अन्य समूह ०.२२ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन हिमालयन रि इन्स्योरेन्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ५९ करोड ७५ लाख बढीको सेयर कारोबार भयो । शिवम् सिमेन्टको आज ४३ करोड ८१ लाख,सिईडिबि हाईड्रोको ४२ करोड ५६ लाख,नेपाल फाइनान्सको ४१ करोड ६७ लाख र निफ्राको ४१ करोड ४२ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ८ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज हाईड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, नेपाल हाईड्रो डेभलपर्स,शुभम् पावर ,सिटी होटल,कुथेली बुखरी स्मल हाईड्रो,प्रोग्रेसिभ फाइनान्स,नेपाल फाइनान्स र सानिमा माई हाईड्रोको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।  

यस्तै आज मकर जितुमाया सुरीको सेयरमूल्य ९.३२ प्रतिशत,गोर्खाज फाइनान्सको सेयरमूल्य  ८.५१ प्रतिशत,श्री इन्भेष्टमेन्टको ८.२७ र निफ्राको सेयरमूल्य ७.४७ प्रतिशतले बढ्यो ।  

यो दिन पिपुल्स हाईड्रोपावरको सेयरमूल्य सर्वाधिक अर्थात ९.१३ प्रतिशतले घट्यो । रसुवागढी हाईड्रोको सेयरमूल्य ७.०९ प्रतिशत,अपर सोलु हाईड्रोको ६.७० र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ६.५५ प्रतिशतले घट्यो ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.