आईतवार, असार १,२०८२ 10:25:44
  • आईतवार, असार १,२०८२ 10:25:44
Global IME Bank Limited

पुरुष यात्रुसँग एउटै सिटमा परे महिलाहरुले बुकिङ अस्वीकार गर्नसक्ने

Hyundai Nepal
पुरुष यात्रुसँग एउटै सिटमा परे महिलाहरुले बुकिङ अस्वीकार गर्नसक्ने
Nabil Bank Limited

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो बजेट एयरलाइन्स इन्डिगोले महिला यात्रुहरुका लागि विशेष प्रकारको टिकट बुकिङ फिचर ल्याएको छ । कम्पनीले यो फिचरअन्तर्गत महिलाहरुलाई पुरुष यात्रु नजिकको सिटको बुकिङ अस्विकार गर्ने सुविधा प्रदान गरेको छ ।  

कम्पनीले पहिलोपटक यस्तो फिचर ल्याएको हो । कम्पनीले महिला यात्रुहरुले सिट बुकिङ गरेपछि सिट सेलेक्सन पेजलाई पिंक कलरले जनाउने भएको छ । यद्यपी यसको जानकारी पुरुष यात्रुहरुले भने थाहा पाउँदैनन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले टिकट खरिद गर्दा महिला÷पुरुष वा अन्य भए  खुलाउनु पर्ने व्यवस्था गरेको छ । जसका कारण कम्पनीलाई सिट व्यवस्थापनमा नियन्त्रण गर्न सजिलो हुनेछ ।  

यो नयाँ व्यवस्था सबै विमानमा उपलब्ध हुने कम्पनीले जनाएको छ । तर मोबाइल एप र कम्पनीको वेबसाइटमा भने यो फिचर देखाएको छैन ।  

कम्पनीको यो नयाँ फिचरको यतिबेला प्रशंसा भईरहेको छ । यो फिचरले महिला यात्रुहरुलाई सुरक्षित र आरामदायी यात्रा गर्न सजिलो हुने प्रतिक्रियाहरु आईरहेका छन् ।  

तर केहीले भने यसलाई लैङ्गीक विभेद भन्दै विरोध गरेका छन् ।  

सन् २०२३ मा इन्डिगो १०० मिलियन यात्रु बोक्ने भारतको पहिलो यात्रुवाहक विमान कम्पनी बनेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.