बिहीबार, श्रावण १५,२०८२ 05:48:37
  • बिहीबार, श्रावण १५,२०८२ 05:48:37
Global IME Bank Limited

अध्यक्ष ढकालको प्रस्ताव अनुरुप बिम्सटेक चेम्बर गठन हुँदै, उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य

Hyundai Nepal
अध्यक्ष ढकालको प्रस्ताव अनुरुप बिम्सटेक चेम्बर गठन हुँदै, उद्योग वाणिज्य महासंघ संस्थापक सदस्य
Shivam Cement

काठमाण्डौ । विम्सटेक चेम्बर अफ कमर्श गठन हुने भएको छ । बिम्सटेक विजनेज समिटमा यस क्षेत्रका उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं प्रतिनिधि र विमस्टेकका महासचिव इन्द्र मणि पाण्डे सम्मिलित बैठकले उक्त निर्णय गरेको हो ।

नेपाल उद्योग वाणिज्य महासंघ नेपालको प्रतिनिधित्व गर्दै संस्थापक सदस्य रहने छ ।

आफूले गत वर्ष गरेको प्रस्ताव अनुरूप चेम्बर गठन हुन लागेकोमा महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले खुसी व्यक्त गरे । उक्त बैठकमा सहभागी अध्यक्ष ढकालले चेम्बर विधान बनाई तत्काल कार्यान्वयन गर्न आह्वान गरेका छन् ।  

 

Muktinath Bikas Bank Limited

बिम्सटेक राष्ट्र चेम्बरका प्रतिनिधिहरुको बुधबार बसेको बैठकमा उक्त निर्णय गरिएको थियोे । बिमस्टेक चेम्बरको स्थापना भएपछि यसले बिमस्टेक स्वतन्त्र व्यापार सम्झौताको गठन र कार्यान्वयनलाई गति दिने अपेक्षा गरिएको छ ।

बैठकमा भएको वार्ताअनुसार भारतीय उद्योग परिसंघले बिमस्टेक चेम्बरको सचिवालय नयाँ दिल्लीस्थित भारतीय उद्योग परिसंघको कार्यालयमा स्थापना गर्ने प्रस्ताव गरेको छ । चेम्बरको अध्यक्षता वर्णानुक्रम अनुसार हुनेछ ।

सो बैठकमा अध्यक्ष ढकाल सहित महासंघका पूर्व अध्यक्ष भवानी राना र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ पनि सहभागी भएका थिए ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.