आईतवार, जेष्ठ ३,२०८३ 03:38:13
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:38:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थमन्त्रीद्वारा कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण

Laxmi Sunrise Bank Limited
अर्थमन्त्रीद्वारा कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण
Shivam Cement

कपिलवस्तु  । अर्थमन्त्री डा. प्रकाशशरण महतले को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने बताएका छन् ।  

मंगलबार कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै मन्त्री डा. महतले भने-'कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्छ, तर, रिजल्ट चाहिन्छ । त्यही रिजल्टका आधारमा मूल्यांकन हुन्छ ।'

Bizshala
New Office
CG Motors

मन्त्री डा. महतले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरियो भने हामी राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताए । व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गर्दै डा. महतले भने। ‘हिजो जे–जे  थियो, आज त्यो पाइँदैन । त्यसकारण के के व्यवसाय घट्दैछन् र के के व्यवसाय विकसित हुँदैछन भन्ने कुरातिर ध्यान दिइयो भने आन्तरिक राजश्व बढ्छ ।’  

आन्तरिक राजश्व र भन्सारको अन्योन्यायोश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने ‘कुन बस्तु कानुनी रुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्यो भने राजश्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’  

अहिले धेरै बस्तुलाई भ्याटको दायरामा ल्याइएको छ, त्यसको अर्थ कारोबार कति भयो, आय कति छ भन्ने पत्ता लगाउँन सकिन्छ । होटल, रेस्टुराजस्ता सेवा व्यवसाय अहिले बढिरहेको छ । नयाँ व्यवसाय दर्ता भएर कति कारोबार गरिरहेका छन् भन्ने कुराको अनुगमन गरिराख्नुपर्छ, करको  सिस्टममा जोड्नुपर्छ ।’ उनले भने ।  

मन्त्री डा. महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए । उनले भने,, ‘अनावश्यक कसैलाई दुःख दिनु हुँदैन, आँखा चिम्लिनु पनि हुँदैन । जे जायज छ, त्यो अनिवार्य गर्नुपर्ने कुरामा गम्भीर हुनुपर्छ ।’

बाटोघाटो सुविधा भएकाले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिन्छ, त्यसकारण नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको मन्त्री डा. महतले स्पष्ट पारे ।  

उनले नयाँ आएका कर्मचारीलाई अनुशासन र पारदर्शितामा ध्यान दिन निर्देशन दिए । नयाँ आएका व्यवसायलाई करको सिस्टममा जोड्ने कि नजोड्ने भन्ने परम्परा भेटिएको स्मरण गर्दै मतले भने, ‘नयाँ व्यवसायीलाई करको सिस्टममा जोड्नुपर्छ ।'

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.