मंगलवार, जेष्ठ ५,२०८३ 03:01:51
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 03:01:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आमाको सुन चोरेर गर्लफ्रेन्डलाई आईफोन १५ गिफ्ट

Laxmi Sunrise Bank Limited
आमाको सुन चोरेर गर्लफ्रेन्डलाई आईफोन १५ गिफ्ट
Shivam Cement

काठमाण्डौ। भारतमा गर्लफ्रेन्डलाई जन्मदिनको अवसरमा आईफोन १५ उपहार दिन एक किशोरले आमाको सुन बेचेको घटना बाहिरिएको छ। दिल्लीको नजफर्गाह भन्ने ठाउँमा यस्तो घटना भएको हो। दिल्ली प्रहरीका अनुसार किशोरले आफ्नी प्रेमिकाको जन्मदिनमा आईफोन १५ उपहार दिन र पार्टीको बन्दोबस्त गर्न आमाको सुन चोरेका थिए। किशोरकी आमाले सुन हराएपछि स्थानीय प्रहरीमा उजुरी दिएकी थिइन्।

सुनको सिक्री, मुन्द्रा लगायतका गहना हराएपछि उनले नजिकैको प्रहरी कार्यालयमा निवेदन दिएकी थिइन्। पछि अनुसन्धान गर्दै जाँदा उक्त सुन दुई ओटा सुनचाँदी पसलमा भेटिएको प्रहरीले जनाएको छ। २ अगस्टको बिहान ८ बजेदेखि तीन बजेको बीचमा सुन हराएको ती महिलाले प्रहरीलाई बताएकी थिइन्। हिन्दुस्तान टाइम्सका अनुसार ३ अगस्टमा महिलाले उजुरी दिएपछि अनुसन्धान अगाडि बढेको थियो।

Bizshala
New Office
CG Motors

विभिन्न स्थानमा भएका सीसीटिभी फुटेज हेर्दा पनि घरमा कोही आवतजावत गरेको देखिएको थिएन। पछि घरकै कुनै व्यक्तिले चोरेको हुन सक्ने आशङ्का प्रहरीले गर्‍यो। 

त्यही क्रममा किशोरले सुन चोरेर बिक्री गरेको पत्ता लागेको हो। सो घटनापछि किशोर घरबाट गायब छन्। पछि प्रहरीले किशोरसँगै पढ्ने कक्षाका साथीहरूलाई उनको बारेमा सोधेको थियो।

त्यही क्रममा किशोरले प्रेमिकालाई ५० हजार भारु बराबरको नयाँ आईफोन खरिद गर्न सुन चोरेर बेचेको कुरा खुलेको हो। प्रहरीले किशोरलाई फेला पार्नका लागि जति ठाउँमा छापा हान्‍यो, सबै ठाउँबाट प्रहरी पुग्नु अगावै उनी फरार हुने गरेको प्रहरीले हिन्दुस्तान टाइम्सलाई जनाएको छ।

किशोरले कक्षाका साथीहरूलाई आफू प्रेम सम्बन्धमा रहेको कुरा बताएकाले यस घटनाको राज खुलेको हो। किशोरले पहिले आमालाई प्रेमिकाको जन्मदिनमा राम्रो प्रभाव पार्नका लागि पैसा चाहिने माग राखेका थिए। तर, आमाले दिन नसक्ने बताएपछि उनले चोरी गर्ने योजना बनाएका थिए।

प्रहरीले किशोरले खरिद गरेको सो फोन उनकी प्रेमिकाको साथबाट बरामद गरेको छ। प्रहरीका अनुसार किशोरका बुबा केही वर्षअघि बिरामी भएर बितेका थिए। किशोर निजी विद्यालयमा पढ्दै आएका थिए भने कक्षामा औसत विद्यार्थी थिए। -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.