आईतवार, बैशाख १४,२०८२ 09:08:10
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 09:08:10
IME remit
Global IME Bank Limited

आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ, चुक्तापुँजी एक अर्ब नाघ्यो

Hyundai Nepal
आइएमई र जीएमई मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ, चुक्तापुँजी एक अर्ब नाघ्यो
Nabil Bank Limited

काठमाण्डौ । आइएमई र जीएमई रेमिटले मर्जरपछिको एकीकृत कारोबारको शुभारम्भ गरेका छन् । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्र, आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल, आइएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बुधबार आयोजित कार्यक्रममा एकीकृत कारोबारको संयुक्त रुपमा शुभारम्भ गरेका हुन् ।  

मर्जरपछि बनेको आइएमईको चुक्तापुँजी एक अर्ब नाघेको छ । एकीकृत कारोबारको शुभारम्भ गर्दै डेपुटी गभर्नर मिश्रले राष्ट्र बैकको प्राथमिकताबमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आइएमई रेमिट्यान्सको योगदान सशक्त रहेको बताए ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

डेपुटी गभर्नर मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए ।  

सोहि अवसरमा आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले कम्पनी स्थापनाको समयलाई स्मरण गरे । अध्यक्ष ढकालले भने, ‘सन् २००१ अर्थात् आज भन्दा करिब २५ वर्ष पहिले, मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आइएमई अर्थात् इन्टरनेशनल मनी एक्सप्रेसको यात्रा त्यो समय पक्कै पनि सहज थिएन । सहज त के निजी क्षेत्रले पनि यसरी औपचारिक रुपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नै थिएन । नेपाल सरकारले वैदेशिक रोजगारीका लागि केही देशहरु खुल्ला गरिसकेपछि वैदेशिक रोजगारीमा जाने नेपालीहरुको संख्या भर्खरै बढ्न सुरु गरेको थियो ।’  

अध्यक्ष ढकालले आइएमईलाई चाडै नै पब्लिकमा लैजाने जानकारी पनि गराए । अध्यक्ष ढकालले भने, जनतालाई नै मालिक बनाउने हाम्रो अर्को यो पहल हो ।  

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु पौडेलले रेमिट्यान्स कम्पनीलाई समयानुकूल क्षेत्र विस्तार गर्न प्रोत्साहन गरिरहेको उल्लेख गर्दै रेमिट्यान्स सेवा शुल्कलाई थप कम हुने अपेक्षा राखिएको बताए ।  

आइएमईमा गाभिएको जिएमई रेमिटका अध्यक्ष अर्जुन शर्मा पौडेलले कोरिया जापानलगायतका उदाउँदा श्रम गन्तव्यहरु लक्षित गरी सेवा दिइरहेको जिएमई रेमिटलाई सम्मानजनक रुपमा आइएमईमा गाभिन सफल भएको बताए ।  

 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.