शनिबार, बैशाख १३,२०८२ 02:40:36
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 02:40:36
IME remit
Global IME Bank Limited

झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘सम्हालिने प्रयासमा बजार’

Hyundai Nepal
झिनो अंकले बढ्यो नेप्से, जानकार भन्छन्,‘सम्हालिने प्रयासमा बजार’
Nabil Bank Limited

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.१३ प्रतिशत अर्थात ३.८० अंकले बढेर २ हजार ७८६.४० विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३३ प्रतिशतले बढेर ४९८.१५ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा स्क्रिप्टको ३ करोड ५० लाख ७ हजार ३९ कित्ता सेयर १३ अर्ब ७२ करोड २७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्,  ‘विगत एक महिनादेखि बढिरहेको बजारमा हिजोआज केही नाफा बुक भएको देखिन्छ । लगातार घटिरहेको बजारमा आज सामान्य अंकको भएपनि वृद्धि हुनुलाई बजार सम्हालिदै गरेको भन्न सकिन्छ । यद्यपी यसको पृष्टि भने आगामी कारोबारले गर्नेछ ।’

अघिल्लो दिन १११ अंकले घटेको बजारमा आज प्यानिक सेल नआउनु नै बजारका लागि शुभ संकेत भएको उनले बताए । बजारमा राजनीतिक विषयका बारेमा फैलिएको खबर अफवाह मात्रै भएको बताउँदै फुल्लेलले लगानीकर्तालाई त्यस्ता आधारहिन हल्लाका पछि नलाग्न सुझाव दिए ।  

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आज पनि बजारमा नाफा बुक हाबी भएको र ब्रोकरबाट उधारोमा सेयर कारोबार गर्नेले बिक्री दबाब दिदा बजार खासै सुधार आउन नसकेको बताइन् । ‘सेयर बजार घटेपनि बढने र बढेपनि घट्ने बजारको सामान्य प्रक्रिया हो । त्यसैले लगानीकर्ताले जोखिम हेरेर लगानी गर्नु पर्ने हुन्छ ,’उनले भनिन् ।    

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ७ वटा समूहमा हरियाली छायो भने अन्य ६ वटा समूहमा रातो पोतियो । आज लगानी समूह सबैभन्दा धेरै बढ्यो । यो समूह आज १.०१ प्रतिशतले बढ्यो । साथै, आज बैंकिङ समूह ०.९२ प्रतिशत,होटल ०.०९,हाईड्रो समूह ०.४९,उत्पादन तथा प्रशोधन ०.०३,म्युचुअल फण्ड ०.९३ र अन्य समूह ०.०९ प्रतिशतले बढ्यो ।  

यस्तै आज विकास बैंक समूह ०.८० प्रतिशत,वित्त १.६९ प्रतिशत,जीवन बीमा ०.४४ प्रतिशत,लघुवित्त १.०८ प्रतिशत,निर्जीवन बीमा ०.९७ र व्यापार समूह १.४३ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन चन्द्रागिरी हिल्सको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४३ करोड ७ लाख,नेपाल फाइनान्सको ४१ करोड ५९ लाख,हिमालयन रि इन्स्योरेन्सको ३८ करोड १० लाख,अपि पावरको ३३ करोड ९७ लाख र अरुण भ्याली हाईड्रोको ३२ करोड २० लाख बढीको सेयर कारोबार  भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो । आज लिबर्टी इनर्जी, हिमालयन हाईड्रोपावर,मिड सोलु हाईड्रो,आत्मनिर्भर लघुवित्त,माई खोला हाईड्रो र पिपुल्स पावरको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यस्तै आज थ्रि स्टार हाईड्रोको सेयरमूल्य ७.७९ प्रतिशत,एचआईडीसीएलको ५.६५ र मन्दाकिनी हाईड्रोको सेयरमूल्य ४.७६ प्रतिशतले बढ्यो ।  

यो दिन कर्णाली डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक अर्थात ६.८८ प्रतिशतले घट्यो । स्वरोजगार लघुवित्तको सेयरमूल्य आज ५.१६ प्रतिशत,अपर सोलु हाईड्रेको ५.१६ र मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ४.९४ प्रतिशतले घट्यो ।   

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.