IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:17:47
IME remit
Global IME Bank Limited

२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपाल लाइफका सेयरधनीले गुमाए

Hyundai Nepal
२४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, हिमालयन रि र सन नेपाल लाइफका सेयरधनीले गुमाए
Shivam Cement

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ६.९० अंकले बढेर २८३० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच हँुदा १३ अर्ब ५७ करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ५ वटा समूहमा मात्रै हरियाली छाएको छ भने बाँकी ८ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचक बढेको छ । जीवन बीमा समूह २.२८ प्रतिशत र निर्जीवन बीमा समूह ४.७८ प्रतिशतले बृद्धि भएको छ । आज दुई बीमा कम्पनी बाहेक सबै कम्पनीको सेयरभाउ बढेको छ । आज सर्वाधिक सेयरभाउ बढ्ने बीमा कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउमा सर्किट लागेर अर्थात् १० प्रतिशतले बढेर १२७०.५० रुपैयाँ पुगेको छ ।

 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

त्यस्तै, नेपाल इन्स्योरेन्सको ७.७९ प्रतिशत, प्रभु इन्योरेन्सको ६.१५ प्रतिशत, सन नेपाल लाइफको ६.०७ प्रतिशत, शिखर इन्स्योरेन्सको ५.२५ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ४.८३ प्रतिशत, युनाइटेड अजोडको ४.१३ प्रतिशत, आरबीसीएलको ३.८४ प्रतिशत, सानिमा जिआइसीको ३.७६ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३.७० प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३.५८ प्रतिशत, नेको इन्स्योरेन्सको ३.५० प्रतिशत र प्रभु महालक्ष्मी लाइफको ३.२७ प्रतिशतले सेयरभाउ बढेको छ । 

यसका साथै, एलआइसी नेपालको ३.०६ प्रतिशत, एशियन लाइफको ३.०६ प्रतिशत, हिमालयन लाइफको २.७७ प्रतिशत, आइएमई लाइफको २.४७ प्रतिशत, सिटिजन लाइफको २.३८ प्रतिशत, नेशनल लाइफको १.५३ प्रतिशत, सुर्यज्योति लाइफको १.५१ प्रतिशत, रिलायबल नेपाल लाइफको १.१२ प्रतिशत, नेपाल लाइफको १.०३ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको ०.२३ प्रतिशतले सेयरभाउ बढेको छ । आज दुई बीमा कम्पनीका सेयरधनीले भने गुमाएका छन् । सन नेपाल लाइफको सेयरभाउ ०.१५ प्रतिशतले घटेर ६४९ रुपैयाँ र हिमालयन रि इन्स्योरेन्सको १.२३ प्रतिशतले घटेर ८८३.५० रुपैयाँ कायम भएको छ । 

बीमा कम्पनीको सेयरभाउ बढेपछि आज सर्वाधिक कारोबार हुने टप १० कम्पनीको सूचीमा ४ वटा बीमा कम्पनी परेका छन् । सर्वाधिक एनएलजी इन्स्योरेन्सको ३४ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, सानिमा िरलायन्स लाइफको २८ करोड २६ लाख, हिमालयन रि को २५ करोड ३७ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको २२ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.