शुक्रबार, श्रावण १६,२०८२ 03:00:21
  • शुक्रबार, श्रावण १६,२०८२ 03:00:21
Global IME Bank Limited

लगानी बोर्डको सीईओका लागि ५ जना उम्मेदवार सूचीकरणमा

Hyundai Nepal
लगानी बोर्डको सीईओका लागि ५ जना उम्मेदवार सूचीकरणमा
Shivam Cement

काठमाण्डौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ५ उम्मेदवार सूचीकरण परेका छन् । सिफारिस समितिको सचिवालयले मंगलबार सूचीकरणमा परेका उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।  

सूचीकरणमा पर्ने उम्मेदवारहरूमा अर्घाखाँचीका विष्णुप्रसाद भट्टराई, तनहुँका रघुराज काफ्ले, ललितपुरका सुशील ज्ञवाली, धनुषाका रामदेव यादव र भीष्मराज ढुंगाना छन् । सूचीकरणमा परेकामध्ये ३ जनाको अन्तिम सूची तयार गरी मन्त्रिपरिषद्लाई सिफारिस गरिनेछ । ती ३ जनामध्ये मन्त्रिपरिषद्ले एक जनालाई सीईओ नियुक्त गर्नेछ ।  

सिफारिस समितिले उम्मेदवारको रणनीति र कार्ययोजना, अन्तर्वार्ता तथा व्यक्तित्व परीक्षणपश्चात मन्त्रिपरिषदमा सिफारिस गर्नेछ । 

 प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले गत साउन २८ गते लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको थियो । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.