काठमाण्डौ । टेस्लाको शोरुममा आगलागी भएको छ । काठमाण्डौको नक्सालस्थित टेस्लाको शौरुममा आज १२ बजेतिर आगालागी भएको हो । उक्त आगालागी सर्ट सर्किट भएर भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तथापी यसको एकिन जानकारी भने आइ्र्रसकेको छैन । आगलागीका कारण कार्यालय र स्पेयर पार्टहरु जलेका छन् ।
आगलागीका कारण भवनको पहिलो र दोस्रो तलामा क्षति पुगेको छ । यद्यपी शोरुममा रहेका गाडीमा भने क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।
अहिले भने आगो नियन्त्रणमा आईसकेको प्रहरीले जनाएको छ । आगो निभाउन अग्निनियन्त्रणको सहायता लिइएको थियो ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .png) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                         
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                