IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:30:05
IME remit
Global IME Bank Limited

नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘बजारमाथि जान भोल्युमको साथ आवश्यक’

Hyundai Nepal
नेप्सेमा दोहोरो अंकको करेक्सन, जानकार भन्छन्, ‘बजारमाथि जान भोल्युमको साथ आवश्यक’
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ प्रतिशत अर्थात २७.३३ अंकले घटेर २ हजार ७००.०३ विन्दुमा सीमित बनेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.३५ प्रतिशतले घटेर ४७९.७५ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२८ वटा स्क्रिप्टको २ करोड २१ लाख ५१ हजार ८०३ कित्ता सेयर १० अर्ब ५ करोड ९३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘नाडा अटो शो र चाडपर्व लागेसँगै सेयर बजारमा गिरावट आएको छ । सरकार परिवर्तनसँगै लगानीकर्ताले केही नीतिगत सुधारको अपेक्षा समेत गरेका थिए । जुन पुरा हुन सकेको छैन । धितोपत्र बोर्डमा अझै पनि अध्यक्ष नियुक्त हुन सकेका छैनन् ।’

अहिले लगानीकर्ता अन्यौलमा रहेको र एभरेष्ट बैंकले घोषणा गरेको लाभांशका कारण लगानीकर्ता निरुत्साहित हुँदा आज बजारमा दबाब परेको उनले बताए । ‘अहिले लगानीकर्ताको मनस्थिती स्थिर छैन । तर ब्याजदर माथि नजादासम्म बजार बुलिस नै रहेको छ,’ उनले भने ।  

अर्का बजार जानकार महेश रिजालले अहिले बजार साइडवेजमा चलेको र भोल्युम समेत घटेको बताए । ‘ब्रोकरहरुले केही लिमिट टाइट गर्दा पनि बजारमा करेक्सन आएको छ ।’  

रिजालले बजार केही समयसम्म साइडवेज चल्न सक्ने र माथि जानका लागि भोल्युमले साथ दिनु पर्ने बताए ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ३ वटा बाहेक अन्य सबैमा समूहमा रातो पोतियो ।

आज लघुवित्त समूह १.२१ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५० र म्युचुअल फण्ड समूह ०.२२ प्रतिशतले बढ्यो ।  

आज विकास बैंक समूह सर्वाधिक अर्थात २.०७ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह १.५८ प्रतिशत,वित्त १.२४,होटल १.४१,हाईड्रो ०.६०,लगानी ०.५४, जीवन बीमा १.४२,निर्जीवन बीमा १.२८,अन्य १.३१ र व्यापार समूह १.२४ प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

आज सिईडिबि हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । यो कम्पनीको आज ४२ करोड १९ लाख बढीको सेयर कारोबार भयो । एचआईडीसीएलपीको आज ३५ करोड ८१ लाख,ग्रिनलाइफ हाईड्रोको ३५ करोड ५६ लाख,गूडविल फाइनान्सको ३३ करोड ७४ लाख र एनएलजी इन्स्योरेन्सको २८ करोड ३७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ४ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो । आज महुली लघुवित्त,श्रृजनशिल लघुवित्त,मिड सोलु हाईड्रोपावर र मनकामना इन्जिनियरिङको सेयरमूल्यमा अपर सर्किट लाग्यो ।  

यसैगरी आज सपोर्ट माइक्रो फाइनान्सको सेयरमूल्य ८ प्रतिशत,उन्नती सहकार्य लघुवित्तको ७.३२ प्रतिशत,गणपति लघुवित्तको ६.६७ प्रतिशत र स्वाभिमान लघुवित्तको सेयरमूल्य ६.४४ प्रतिशतले बढ्यो ।  

यो दिन थ्रिस्टार हाईड्रोको सेयरमूल्यमा लोअर सर्किट लाग्यो । गुडविल फाइनान्सको सेयरमूल्य आज ६.०५ प्रतिशत,दोल्ती पावरको ४.५४ र मातृभूमि लघुवित्तको सेयरमूल्य ४.४५ प्रतिशतले खस्कियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.