काठमाण्डौ । अपि पावर कम्पनी लिमीटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले आगामी कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा २१ औं साधारणसभा बोलाएको हो ।
साधारणसभामा यसअघि सञ्चालक समितिले गरेको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।
साधारणसभामा अपि पावर कम्पनी लिमीटेडको सहायक कम्पनी अपी इन्फ्रा लिमीटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने लगायतका अजेण्डा पनि पेश हुने सूचनामा उल्लेख छ ।
यस्तै, कम्पनीको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमीटेडमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना(९.७ मे.वा.) निर्माण गर्ने, दार्चुला पावर कम्पनी लिमीटेडमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना(२८.३ मे.वा.) निर्माण गर्ने, अपिकै बहुमत सेयर स्वामित्व रहने गरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमीटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना(११ मे.वा.)को निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव समेत छलफल गरी पारित गर्ने अजेण्डाहरु राखिएका छन् ।
यसपटकको साधारणसभाले कम्पनीको सेयरधनीहरुबाट १ जना महिला तथा एक स्वतन्त्र समेत गरी ५ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।
यसैबीच, साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एकदिनका लागि सेयरको दर्ता किताब बन्द(बुक क्लोज) हुने घोषणा गरेको छ । यसको अर्थ कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुनका लागि असोज १५ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                (258).jpg) 
                                        (1).jpg) 
                                         
                                        .png) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                