मंगलवार, असार ३,२०८२ 08:43:47
  • मंगलवार, असार ३,२०८२ 08:43:47
Global IME Bank Limited

राष्ट्रबैंकले फेर्यो शोधनान्तर तथ्याङ्क प्रकाशनको फरम्याट, के-के भए परिवर्तन ?

Hyundai Nepal
राष्ट्रबैंकले फेर्यो शोधनान्तर तथ्याङ्क प्रकाशनको फरम्याट, के-के भए परिवर्तन ?
Nabil Bank Limited

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले नयाँ फरम्याटअनुसार शोधानान्तर तथ्याङ्क प्रकाशन थालेको छ ।  

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाबाट केन्द्रीय बैंकले ] IMF  को BPM6  एवम् सोमा आधारित International Transaction Reporting System Guidelines, 2022 अनुसार प्राप्त तथ्याङ्कको प्रशोधन गरी BPM6 अनुरुपको शोधनान्तर तथ्याङ्क प्रकाशनको थालनी गरेको हो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आर्थिक वर्ष २०३०/३१ देखि नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मापदण्ड र प्रचलनमा आधारित शोधनान्तर निर्देशिका तयार पारी शोधनान्तर तथ्याङ्क प्रकाशन गर्दै आएको छ । आर्थिक वर्ष २०७६/७७ सम्म यस बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को शोधनान्तर मार्गदर्शन (  Balance या  Payments Manual ) को पाँचौँ संस्करण (BPM5) एवम् सोबमोजिमको ‘शोधनान्तर तथ्याङ्क सङ्कलन निर्देशिका, २०६१’ अनुसार शोधनान्तर तथ्याङ्क प्रकाशन गर्दै आएकोमा आर्थिक वर्ष २०७७/७८ देखि IMF द्वारा प्रस्तावित रूपान्तरण म्याट्रिक्स (conversion matrix) को आधारमा BPM5 लाई IMF को शोधनान्तर तथा अन्तर्राष्ट्रिय लगानीसम्बन्धी मार्गदर्शनको छैठौँ संस्करण (BPM6) ढाँचामा समेत प्रकाशन गर्दै आएको थियो ।

'BPM5 र BPM6 अनुरूपको शोधनान्तर तथ्याङ्क ढाँचामा प्रमुख भिन्नता तथ्याङ्क वर्गीकरण तथा प्रस्तुतिकरणमा रहेको छ । BPM5 को तुलनामा BPM6 ले शोधनान्तर तथ्याङ्कमा थप स्पष्टता, विस्तृतता र पारदर्शिता प्रदान गरेको छ । BPM5 अन्तर्गत चालु(current) र पुँजी (Capital) खातामा क्रेडिट प्रविष्टि (Inflows) र डेबिट प्रविष्टि (Outflows) लाई पङ्क्तिहरू (Rows) मा प्रस्तुत गरिने अभ्यास रहेकोमा BPM6 बमोजिमको प्रस्तुतिमा क्रेडिट र डेबिट प्रविष्टिहरूलाई स्तम्भहरू (Columns) मा प्रस्तुत गरिएको छ । यसैगरी, BPM6 अन्तर्गत वित्तीय (Financial) खातामा डेबिट र क्रेडिटको ठाउँमा क्रमशः वित्तीय सम्पत्तिको प्राप्ति (खुद) (Net Acquisition या Financial Assets) र दायित्वको सिर्जना (खुद) (Net Incurrence या Liabilities) प्रयोग गरिएको छ।' राष्ट्रबैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'BPM5 बमोजिमको प्रस्तुतिमा डेबिट प्रविष्टिहरूलाई ऋणात्मक चिन्ह (-) प्रयोग गरिने अभ्यास रहेकोमा BPM6 बमोजिमको प्रस्तुतिमा चालु तथा पुँजी खाताका दुबै क्रेडिट र डेबिट प्रविष्टिहरूलाई धनात्मक चिन्ह(+) मा प्रस्तुत गरिएको छ । यसैगरी, BPM5 बमोजिमको प्रस्तुतिमा वित्तीय खातामा सम्पत्ति वृद्धि (Outflows) सङ्केत गर्न ऋणात्मक चिह्न र सम्पत्तिमा कमी (Inflows) सङ्केत गर्न धनात्मक चिह्नको प्रयोग गर्ने अभ्यास रहेकोमा BPM6 बमोजिमको प्रस्तुतिमा सम्पत्ति वा दायित्व वृद्धिलाई जनाउन धनात्मक चिन्ह र सम्पत्ति वा दायित्वमा कमीलाई जनाउन ऋणात्मक चिह्न प्रयोग गरिएको छ ।'

चालु खाताअन्तर्गतका क्रेडिट प्रविष्टिबाट डेबिट प्रविष्टि घटाई खुद चालु खाता (current account balance) र वित्तीय खाताअन्तर्गतका वित्तीय सम्पत्तिको प्राप्ति (खुद) (net acquisition या financial assets ) बाट दायित्वको सिर्जना (खुद) (-net incurrence या liabilities) घटाई खुद ऋण प्रवाह/खुद उधारो प्राप्ति (net lending/net borrowing) को गणना गरिएको विज्ञप्तिमा उल्लेख छ ।

BPM5 बमोजिमको प्रस्तुतिमा शोधनान्तर बचत जनाउन ऋणात्मक चिह्न र शोधनान्तर घाटा जनाउन धनात्मक चिन्ह प्रयोग गर्ने गरिएकोमा BPM6 बमोजिमको प्रस्तुतिमा शोधनान्तर बचत जनाउन धनात्मक चिन्ह र शोधनान्तर घाटा जनाउन ऋणात्मक चिह्न प्रयोग गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.