बिहीबार, श्रावण १५,२०८२ 05:38:57
  • बिहीबार, श्रावण १५,२०८२ 05:38:57
Global IME Bank Limited

आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा ०.४% ले वृद्धि

Hyundai Nepal
आयात र निर्यात दुवैमा गिरावट, व्यापार घाटा ०.४% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु निर्यात ९.६ प्रतिशतले घटी रु.१२ अर्ब २३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ८.७ प्रतिशतले कमी आएको थियो ।

गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः१०.६ प्रतिशत, ५९.८ प्रतिशत र ३.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पार्टिकल बोर्ड,पिना, चिया, ऊनी गलैंचा, जुत्ता तथा चप्पल लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, पाम तेल, जिंक शिट, जुटका सामान, तयारी पोशाक लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु आयातमा ०.६ प्रतिशतले कमी आई रु.१२८ अर्ब ३८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १.६ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ४.४ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२.० प्रतिशत र ०.४ प्रतिशतले वृद्घि भएको छ । 

Muktinath Bikas Bank Limited

वस्तुगत आधारमा रासायनिक मल, यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्ट्स्, अन्य मेशिनरी तथा पार्टपुर्जा, तयारी पोशाक, खाने तेल लगायतका वस्तुको आयात बढेको छ भने धान तथा चामल, हवाइजहाजका स्पेयर पार्टपुर्जा, हट रोल्ड शिट इन क्वाइल, एम.एस. तार, छड, बार तथा क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ वीरगञ्ज, कैलाली, कृष्णनगर, तथा नेपालगञ्ज भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ कैलाली, मेची, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा ०.४ प्रतिशतले वृद्धि भई रु.११६ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ०.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१३ अर्ब ९८ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१७ अर्ब ३० करोड बराबरको भएको थियो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.