शनिबार, बैशाख १३,२०८२ 02:55:34
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 02:55:34
IME remit
Global IME Bank Limited

२० वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सानिमा जिआइसीका लगानीकर्ताले सर्वाधिक गुमाए

Hyundai Nepal
२० वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, सानिमा जिआइसीका लगानीकर्ताले सर्वाधिक गुमाए
Nabil Bank Limited

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३०५ कम्पनीको १ करोड ५८ लाख ४५ हजार ४४९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ११ वटा समूहमा हरियाली छाएको छ भने दुई उपसूचक घटेको छ । 

बीमा समूहका दुइवटै उपसूचक बृद्धि भएको छ । जीवन बीमा समूह १.११ प्रतिशत र निर्जीवन बीमा समूह ०.८८ प्रतिशतले बढेको छ । आज २० वटा बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरमूल्य बढ्ने बीमा कम्पनीमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरमूल्य ४.६६ प्रतिशतले बृद्धि भई ८७० रुपैयाँ पुगेको छ । 

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

त्यस्तै, सन नेपाल लाइफको ३.१७ प्रतिशत, आरबीसीएलको २.१९ प्रतिशत, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको २.१२ प्रतिशत, आइएमई लाइफको २.०२ प्रतिशत, सिटिजन लाइफको १.८८ प्रतिशत, नेपाल लाइफको १.७७ प्रतिशत, सिद्धार्थ प्रिमियरको १.७३ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४९ प्रतिशत, शिखर इन्स्योरेन्सको १.३० प्रतिशत, हिमालयन लाइफको १.२४ प्रतिशत र नेपाल रि इन्स्योरेन्सको १.२३ प्रतिशतले सेयरभाउ बढेको छ। 

यसका साथै सानिमा रिलायन्स लाइफको १.११ प्रतिशत, नेशनल लाइफको ०.८१ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.८१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.७९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.६४ प्रतिशत, सुर्यज्योति लाइफको ०.६३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.४२ प्रतिशत र हिमालयन एभरेष्टको ०.१३ प्रतिशतले सेयरभाउ बढेको छ । 

Muktinath Bikas Bank Limited

आज सर्वाधिक गुमाउने वा सेयरमूल्य घट्ने कम्पनीमा भने सानिमा जिआइसी इन्स्योरेन्स रहेको छ । कम्पनीको सेयरभाउ १.२१ प्रतिशतले घटेर ६६१.९० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, युनाइटेड अजोडको ०.९१ प्रतिशत, एनएलजी इन्स्योरेन्सको ०.८४ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.४७ प्रतिशत, एलआइसी नेपालको ०.०५ प्रतिशत र एलआइसी नेपालको ०.०३ प्रतिशतले सेयरभाउ घटेको छ ।

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.