आईतवार, जेष्ठ ३,२०८३ 04:17:22
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:17:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जापानमा फस्टायो रुने र रुवाउने अचम्मको व्यवसाय, कर्मचारी रुवाउन कम्पनी मरिहत्ते गर्दै !

Laxmi Sunrise Bank Limited
जापानमा फस्टायो रुने र रुवाउने अचम्मको व्यवसाय, कर्मचारी रुवाउन कम्पनी मरिहत्ते गर्दै !
Shivam Cement

बीबीसी । हिजोआज जापानी कम्पनीहरु आफ्ना कर्मचारीलाई रुवाउने अचम्मको काममा जुटेका छन् । कम्पनीहरुले कर्मचारीलाई रुवाउने मामलामा चासो देखाएकै कारण रुने र रुवाउने व्यवसाय संचालन गरेको एक अनौठो कम्पनी समेत पछिल्लो समय जापानमा चम्किरहेको छ ।

यो सेवामा पहिला कर्मचारीलाई कुनै मन छुने फिल्म देखाएर रुवाइन्छ र रोएका कर्मचारीहरुको आँसु रुमालले पुछिदिइन्छ ।  

आखिर यसरी रुवाउनुको उद्देश्य के हुनसक्ला ?

जापानमा यसरी रुने, रुवाउने र आँसु पुछिदिने कामले मानिसहरुका बीच आपसी सम्बन्ध प्रगाढ हुने र यसले टिमको सम्बन्ध समेत निकै मजबुत बन्ने विश्वास गरिन्छ । 

Bizshala
New Office
CG Motors

यो रुवाउने कारोबार यसरी हुन्छ :

टोकियोमा एक कम्पनीको सभाहलमा एक व्यक्ति त्यहाँ मौजुद मानिसलाई फिल्म देखाउने तयारी गरिरहेका थिए । केहीबेरमै स्क्रीनमा एक बोल्न नसक्ने व्यक्ति र उनकी छोरीको मन छुने कहानी सुरु भयो । फिल्मको कहानीमा जब सो मानिसकी छोरी गम्भीर रुपमा बिरामी पर्छिन, त्यसपछि छोरीलाई लिएर सो व्यक्ति हस्पिटल पुग्छ ।  

तर, बोल्न नसक्ने भएकै कारण उसले हस्पिटलमा बताउन सक्दैन कि ऊ नै ती केटीको असली बुबा हो । यही कारण उसलाई बिरामी छोरीको छेउमा बस्न दिइन्न, नजिकबाट हेर्न र छुन पनि दिइन्न । यो फिल्मको अन्तमा सो बिरामी केटीको मृत्यु हुन्छ । जीवनको आखिरी मोडमा केटी पूर्ण रुपमा एक्ली हुन्छे । उसका बुबा पनि उसको साथमा हुँदैन ।  

यसपछि ज्यानै लिने बिरामीबाट ग्रस्त एक कुकुरको बिषयमा बनाइएको अर्को फिल्म सुरु हुन्छ । यसबेला सभाहलमा कसैको पनि बोलेको आवाज सुनिदैन । तर केहीबेरमै एक व्यक्ति सभाहलमा जोड जोडले सुक्क सुक्क गर्दै रुन थालेको आवाज सुनिन्छ । त्यसको पन्ध्र मिनेटपछि सभाहलमा आधाभन्दा बढी मानिस स्क्रीनको दृश्यमा मात्रै केन्द्रीत हुँदै धरधरी रोइरहेका देखिन्छन । त्यही बेला फिल्म देखाउने व्यक्ति उठ्छन र एक ठूलो रुमालको मद्धतले सबैको आँसु पुछ्न थाल्छन् ।

मानिसको आँसु पुछ्ने ती व्यक्ति यू जई थिए र उनी कुनै मोडल जस्तै देखिन्थे । उनले मानिसको आँसु पुछ्ने आफ्नो कामलाई निकै उत्कृष्ट ढंगले सम्पन्न गरे ।

यू जईंले बीबीसीसँग भनेका छन्–‘जब मैले अरुलाई रुवाउने कामको तयारी थालेँ, त्यसबेला मैले केही अनौठा अप्ठ्याराहरुको समेत सामना गर्नुपर्ने अवस्था भयो । मलाई यो काममा धेरै प्राक्टिस थिएन । यहीकारण म सहज रुपमा रुन पनि सक्दिँन थिएँ । यसको असर यो हुन्थ्यो कि मैले चाहे अनुसार अरुलाई समेत रुवाउन सक्दिँन थिएँ । तर, अब सबै ठीक छ । अब म मज्जाले रुन सक्छु र अरुलाई पनि रुवाउन सक्ने भएको छु ।’  

उनलाई यो काममा पाएको सफलताका कारण हिजोआज जापानमा ‘ह्याण्डसम रुञ्चे केटा’को संज्ञा दिइएको छ । यस्तो कामलाई पेशा नै बनाउने रुञ्चे केटाहरुको संख्या पछिल्लो समय बढ्दो छ ।  

उनका अनुसार जापानका नागरिक प्राय सार्वजनिक ठाउँमा हतपत रुँदैनन् । तर, यदि तपाई पहिलोपटक आफ्नो सामुन्नेको साथी अगाडि रुन थाल्नुहुन्छ, तब आसपासको वातावरणमा निकै फरक पर्छ, खासगरी व्यापारको क्षेत्रमा । 

Garima Development Bank
Shivam Cement
IME remit

यो काम पछाडिको मुख्य उद्देश्य तपाईंको कोमल भावनालाई देखाउनु  हुन्छ । मानिएको छ कि यसो गर्दा तपाईसँग अरु मानिस भावनात्मक रुपले जोडिनेछन् र उनीहरुले एक टिममा रहेर निकै राम्रो काम पनि गर्नसक्नेछन् ।  

यो अनौठो वर्कसपमा यू जई बिरामी पाल्तु जनावर वा पिता पुत्रीको सम्बन्धमाथि फिल्म देखाउने गर्छन् ।  

कम्पनीहरुले समेत कयौं ह्याण्डसम रुञ्चे केटामध्ये कोही एकजनालाई रोज्छन् र कर्मचारीका लागि रुवाउने वर्कसप आयोजना गर्छन  । रुवाउनका लागि संचालन हुने यस्ता वर्कसपको आइडिया हिरोकी तराईको दिमागको उपज थियो, यी व्यक्ति एक सफल व्यवसायी पनि हुन् ।  

उनले भनेका छन्–‘मेरो चासो सधैं मानिसभित्र लुकेको भावनामा रह्यो । यहीकारण म जापानीहरुलाई रुवाउन चाहन्थे ।’  

उनीभित्र यो चेतना सबैभन्दा पहिला १६ वर्षको उमेरमा आएको थियो । त्यसबेला स्कूलमा उनका कोही पनि साथी थिएनन् । उनी ट्वाइलेटमा गएर आफ्नो लञ्च खान्थे । त्यसबेलाको क्षणलाई उनले जीवनकै एक मुश्किल समय भनेका छन् । उनले भने–‘त्यस बेला मैले मानिसभित्रको सच्चा कुरा जान्ने प्रयास सुरु गरेँ । मानिसहरु बाहिरबाट त हाँसेका देखिन्थे, तर सधैं सत्य त्यो हुन्न, जे बाहिर देखिन्छ ।’  

उनको पहिलो प्रोजेक्ट सम्बन्ध बिच्छेद लिइरहेका जोडीका लागि थियो । यसका लागि विवाहको समारोह झै सम्बन्ध बिच्छेद गर्नेहरुका लागि समेत विशेष समारोह आयोजना गरिएको थियो । यो समारोहको जोडीलाई दौरान हथौडाले विवाहको औंठी चकनाचुर पार्न लगाइएको थियो ।  

यसको बारेमा त्यो जोडीको सुझाव थियो कि रुनु नै मनलाई सबैभन्दा राम्रो राहात दिने एक विकल्प पनि हो । हिरोकीले फेरि सन् २०१३ मा रुने र रुवाउने यो अनौठो व्यवसाय सुरु गर्ने निर्णय लिएका थिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.