काठमाण्डौ । जापानमा पर्यटकहरुले वार्षिक रेकर्ड तोड्दै ९ महिनाको अवधिमा ५.८६ ट्रिलियन येन(३९.२७ अर्ब डलर)बराबरको खर्च गरेका छन् । जापानी मुद्रा कमजोर बनेसँगै जापानको पर्यटन व्यवसाय फस्टाएको छ ।
बुधबार प्रकाशित आँकडाअनुसार पर्यटकहरुले सेप्टेम्बर महिनासम्म ३९.२७ अर्ब डलर खर्च गरेका हुन् । यो रकम सन् २०२३ मा पर्यटकहरुले खर्च गरेको ५.३ ट्रिलियन येनको तुलनामा धेरै हो ।
अटो व्यवसायपश्चात जापानमा पर्यटन व्यवसाय विदेशी मुद्रा भित्राउने दोस्रो सबैभन्दा ठूलो क्षेत्र हो । ९ महिनाको अवधिमा जापान आउने पर्यटकले औषत २ लाख २३ हजार येन खर्च गरेका छन् । जसमा इटालियन पर्यटकले सबैभन्दा धेरै खर्च गरेका छन् ।
आँकडाअनुसार सेप्टेम्बर महिनामा २.८७ मिलियन पर्यटकले जापानको भ्रमण गरेका थिए । अगस्ट भने २.९३ मिलियन पर्यटक जापान भित्रिएका थिए ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                