मंगलवार, असार ३,२०८२ 02:48:17
  • मंगलवार, असार ३,२०८२ 02:48:17
Global IME Bank Limited

पञ्चकन्या स्टीललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त

Hyundai Nepal
पञ्चकन्या स्टीललाई ग्रिनप्रो प्रमाणपत्र प्राप्त
Nabil Bank Limited

काठमाण्डो । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उद्योग पञ्चकन्या स्टील प्रालिको उत्पादन टिएमटी रिब्डबारले सन् २०२४ को लागि सिआईआई ग्रिनप्रो प्रमाणपत्र प्राप्त गरेको छ । 

नेपालमा यो प्रमाणपत्र पाउने पञ्चकन्या ग्रुप पहिलो उद्योग समूह बन्न सफल भएको छ । यही २०८१ असोज ३० गतेका दिन भारतको दिल्लीमा आयोजित एक कार्यव्रmममा पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उज्ज्वल कुमार श्रेष्ठले उक्त प्रमाण पत्र ग्रहण गरेका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पञ्चकन्या स्टीलको टिएमटी रिब्डबारले प्रतिष्ठित ग्रीनप्रो प्रमाणपत्र प्राप्त गरेपश्चात् कम्पनीको वातावरणीय स्थिरता र निर्माण क्षेत्रको उत्कृष्टताप्रतिको प्रतिबद्धताको थप एक महत्वपूर्ण उपलब्धि भएको कम्पनीले जनाएको छ ।  

यसैबीच दिगो विकास र वातावरण प्रति मुख्य ध्यान दिदै भारत र न्यूजिल्याण्डबीच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । न्यूनतम कार्बनउत्सर्जन सामग्री र प्रविधिलाई प्रबर्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले सन् २०१५ देखि यो ग्रिनप्रो प्रमाणपत्र प्रदान गर्न थालिएको हो । 

हालसम्म विश्वका ४८० उद्योगहरुका ९ हजार ५०० थरिका उत्पादनहरुले ग्रिनप्रो मान्यता प्राप्त गरेका छन् । सिंगापुर, जर्मन, भारतका विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा वातावरण तथा हरित क्रान्तिमा आएको सकारात्मक प्रभाव देखिएकोमा सहभागीहरुले गर्व र सन्तोषको महसुस गर्नु भएको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.