आईतवार, जेष्ठ ३,२०८३ 04:17:10
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:17:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

के धेरै पढ्नु बेकार हो ? ओभरक्वालिफाइड भएकै कारण जागिर नदिइएपछि छेडियो नयाँ बहस

Laxmi Sunrise Bank Limited
के धेरै पढ्नु बेकार हो ? ओभरक्वालिफाइड भएकै कारण जागिर नदिइएपछि छेडियो नयाँ बहस
Shivam Cement

काठमाण्डौ । के कसैलाई उच्च शिक्षा(ओभर क्वालिफिकेसन) भएको कारणले जागिरबाट अस्वीकार गर्न सकिन्छ ? यो घटना अनु शर्मा नामकी एक गुगल कर्मचारीसँग भएको हो । यी कर्मचारीले स्टार्टअपमा जागिरका लागि आवेदन दिएकी थिइन् । तर स्टार्टअपले उनको योग्यता निकै धेरै रहेको भन्दै काम दिन अस्वीकार गरेको थियो ।

अनु शर्माले आफ्नो सोसल मिडिया अकाउन्टमा आफ्नो अस्वीकारको स्क्रिनसट पोस्ट गरेकी छिन् । उनले स्क्रिनसटसँगै पोस्टमा लेखेका छन्, 'मलाई थाहा थिएन कि तपाई धेरै राम्रो भएकोले रिजेक्ट हुन सक्नुहुन्छ।'

Bizshala
New Office
CG Motors

अनु शर्मा गुगलमा सफ्टवेयर इन्जिनियर हुन्। उनले स्टार्टअपमा जागिरका लागि आवेदन दिएकी थिइन् । त्यो स्टार्टअपले उनलाई त्यो पदको लागि योग्यता धेरै उच्च भएको भन्दै काम दिन अस्वीकार गरिदियो ।  

स्टार्टअपले जवाफमा लेख्यो, 'तपाईको रिजुमेको समीक्षा गरिसकेपछि हामीले उम्मेदवार चाहिने पदका लागि तपाईको योग्यता निकै उच्च रहेको फेला पार्यौं। हाम्रो अनुभवको आधारमा, उच्च योग्यता भएका उम्मेदवारहरू प्रायः कामसँग असन्तुष्ट हुन्छन्। उनीहरु भर्ना भएलगत्तै जागिर छोड्छन् ।'

अनु शर्माको यो पोस्टमा धेरैले प्रतिक्रिया दिइरहेका छन् । अहिलेसम्म यो पोस्टलाई १ लाख ४० हजारले लाइक गरेका छन् । धेरै प्रयोगकर्ताहरूले यसलाई पुनः पोस्ट गरेका छन्। यसमा कमेन्ट गर्नेहरुको समेत लाइन लागेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

अनु शर्माको यो पोस्टले सामाजिक सञ्जालमा ओभरक्वालिफाइड हुनु नराम्रो हो कि होइन भन्ने बहस सुरु गरेको छ ।  

यस्तो समयमा जब कर्मचारीहरूले आफ्नो सीप वृद्धि गर्न अनलाइन पाठ्यक्रमहरूको मद्दत लिइरहेका छन्। यस्तो अवस्थामा उनीहरुलाई पनि त्यस्तै हुनसक्छ कि भन्ने प्रश्न उठ्छ ।

यो पोस्टमा एक प्रयोगकर्ताले लेखेका छन् कि उनले प्रतिष्ठित स्कुलबाट पढेको भन्दै कम्पनीले उनलाई काम दिन अस्वीकार गरेको थियो ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.