आईतवार, जेष्ठ ३,२०८३ 04:16:29
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 04:16:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सीइओलाई एक्लै बनाएर सञ्चालकहरुले एकैपटक दिए राजिनामा , कम्पनीको भ्यालु ६ अर्ब डलरबाट १५ करोड डलरमा सीमित

Laxmi Sunrise Bank Limited
सीइओलाई एक्लै बनाएर सञ्चालकहरुले एकैपटक दिए राजिनामा , कम्पनीको भ्यालु ६ अर्ब डलरबाट १५ करोड डलरमा सीमित
Shivam Cement

काठमाण्डौ । एकैछिन सोच्नुस् त कुनै पनि कम्पनीको सबै सञ्चालकहरुले भटाभट राजीनामा दिएर कम्पनीको सीईओ मात्रै बाँकी हुँदा कम्पनीको हालत के होला ? झट्ट सुन्दा असम्भव लागेपनि यो घटना यथार्थमा परिणत भएको छ ।  

क्यालिफोर्नियाको एक सहरमा एक कम्पनीका सञ्चालकहरुले सीईओलाई एक्लै छाडेर राजीनामा दिएका छन् । क्यालिफोर्नियाको सिटी सान फ्रान्सिस्कोस्थित डीएनए कम्पनी ‘२३ एण्ड मी’मा सञ्चालक समितिका सबै सदस्यहरुले एकैसाथ राजीनामा दिएपछि कम्पनीमा प्रमुख कार्यकारी अधिकृत एक्लै बाँकी भएका छन् ।  

Bizshala
New Office
CG Motors

यो घटना १७ सेप्टेम्बरको हो तर अहिले सामाजिक सञ्जालहरुमा यो विषयमा चर्चा बढ्न थालेको छ । फर्च्युन रिर्पोटका अनुसार उक्त कम्पनीमा सञ्चालकहरुले एकैपटक राजीनामा दिनुको मुख्य कारण सीईओ एनी वोज्किकी हुन् ।  

मानिसहरुले यसघटनालाई लिएर आ–आफ्नै तरिकाबाट आलोचना गर्न थालेका छन् । स्रोतका अनुसार यस घटनामा २३ एण्ड मी कम्पनी, युट्युब र गुगलको सीइओ एकआपमा सम्बन्धित रहेको अर्थात् जोडिएको अनुमान लगाएका छन् ।  

एनी वोज्किनी सन् २००७ देखि २०१५ सम्म गुगलका सह–संस्थापक सर्जी ब्रिनकी श्रीमति थिइन् । तर अहिले उनीहरुको सम्बन्ध विच्छेद भइसकेको स्रोतले जनाएको छ । स्रोतका अनुसार एनीकी बहिनी सुसान वोज्किकी युट्युबको पूर्व सीईओ थिइन् । यसकारण यो घटनामा युट्युब र गुगलको सीइओ पनि एकआपसमा सम्बन्धित रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

सञ्चालक सदस्यले राजीनामा दिनुको कारण यस्तो छ  

एनी वोज्किकीले सन् २००६ मा लिन्डा एवे र पल कुुसेन्जासँग मिलेर २३ एण्ड मी कम्पनी सञ्चालन गरेका थिए । पल कुसेन्जाले सन् २००८ मा नै कम्पनी छाडेका थिए भने लिन्डा एवेलाई भने अल्जाइमर्समा अनुसन्धान गर्न भन्दै कम्पनीबाट निकालिदिएका थिए । त्यसपछि कम्पनीमा एनी एक्लै थिए ।  

फरच्युन रिर्पोटका अनुसार सन् २००९ मा ‘२३ एण्ड मी’ कम्पनी चरम सीमामा थियो । तर त्यहाँ कम्पनीको अवस्था भने राम्रो नरहेको स्रोतले जनाएको छ ।  

फेरी त्यहि अवस्था १५ वर्षपछि सोही कम्पनीमा दोहोरिएको स्रोतले जनाएको छ । सन् २०२१ सम्ममा कम्पनीको भ्यालुएसन ६ अर्ब डलर पुगेको थियो । तर हाल कम्पनीको मूल्यांकन १५ करोड डलरमा सीमित भएको स्रोतले जनाएको छ ।  

कम्पनीको कमजोर अवस्थाका लागि कम्पनीका सीइओ एनी वोज्किकीलाई जिम्मेवार ठहराइएको छ । कम्पनीमा उनको करिब ४९।७५ प्रतिशत सेयर स्वामित्व रहेको र हरेक निर्णय आफ्नै मनमानी रुपमा गर्दै आएको आरोप लगाइएको छ । पटक–पटक सञ्चालक समितिका सदस्यहरुले उनको विरोध गरेपनि उनको अटेरिपटका कारण आज उनी कम्पनीमा एक्लै भएका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.