बुधबार, भाद्र २५,२०८२ 09:04:30
  • बुधबार, भाद्र २५,२०८२ 09:04:30
Global IME Bank Limited

महुली लघुवित्तको वित्तीय अनुशासन तथा स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

Hyundai Nepal
महुली लघुवित्तको वित्तीय अनुशासन तथा स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय अनुशासन तथा वित्तीय स्थायित्वका लागी सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको छ ।  

संस्थाले मंसिर १९ देखि २८ सम्म र माघ २३ देखि २८ गते सम्म चरणबद्ध रुपमा कोशी प्रदेश र मधेश प्रदेशमा कार्यक्रम सञ्चालन गरेको हो  । २९ वटा जिल्लाको १०८ वटा स्थानमा सञ्चालन भएको कार्यक्रममा करीब १३ हजार भन्दा बढि स्थानीय, सेवाग्राही सदस्य, अभिभावक लगायतको सहभागीता रहेको संस्थाले जनाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

स्थानीय निकाय, नेपाल प्रहरी र संस्थाको त्रिपक्षिय संलग्नता रहेको कार्यक्रममा स्थानीय निकायले स्थानीय स्तरमा उपलब्ध तालिम, महिला उद्यमशिलता कार्यक्रम तथा अनुदानका कार्यक्रमहरु, लघुवित्त संस्थाको महत्व, कर्जा सदुपयोगीताको बारेमा सहजिकरण, र नेपालप्रहरी सँग सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागू औषध दृव्यसनी, बालबिबाह, महिला हिंसा न्यूनिकरण, वित्तीय अपराधका विषयमा जनचेतना लगाएतको विषयमा अन्तरक्रियात्मक ढंगले तथा भिडियो प्रर्दशनी गरेर सहजीकरण गरिएको थियो ।

कार्यक्रममा सेवाग्राही सदस्यले कर्जा सदुपयोग गरि उत्पादन गरिएको सामाग्रीहरु प्रर्दशनी, बजार व्यवस्थापनको कठिनाईको विषय स्थानीय निकायसँग छलफल, उत्कृष्ट ऋणी तथा बचतकर्तालाई सम्मान समेत गरिएको थियो ।  

कार्यक्रमहरुमा स्थानीय निकायको तर्फबाट प्रदेश सांसद, नगर प्रमुख, नगर उप–प्रमुख, गउँपालिका प्रमुख, गाउँपालिका उप–प्रमुख, वडा अध्यक्ष, वडा सदस्यहरुको सहभागीता रहेको थियो ।  

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.