मंगलवार, असार ३,२०८२ 12:18:26
  • मंगलवार, असार ३,२०८२ 12:18:26
Global IME Bank Limited

कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम

Hyundai Nepal
कृषि विकास बैंकका वरिष्ठ कार्यकारीहरुलाई आर्ट अफ लिभिङसम्बन्धी तालिम
Nabil Bank Limited

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले आफ्ना वरिष्ठ कार्यकारीहरुलाई उच्च प्रभावकारी नेतृत्व र तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले उक्त कार्यक्रम रामशाहपथ काठमाण्डौस्थित तालिम हलमा सफलतापूर्वक सम्पन्न गरेको हो ।  

कात्र्तिक १२ र १३ गते दुई दिनसम्म सञ्चालित यस प्रशिक्षण कार्यक्रमले बढ्दो प्रतिस्पर्धी बजारमा बैंकको रणनीतिक दृष्टिकोण बनाउन उच्च व्यवस्थापनमा हुनु पर्ने नैतिक नैतृत्व, लचिलोपन र कल्याण जस्त गुणहरुलाई अभिबृद्धि गर्दै कृषि विकास बैंकको समर्पणलाई अझ प्रभावकारी गराएको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस विशेष प्रशिक्षणको उद्देश्य बैंकको बरिष्ठ कार्यकारीहरुलाई नैतिक आचरण र नैतिक निष्ठाको उच्चतम स्तरहरु कायम राख्दै उच्च तनावकोे वातावरणमा प्रभावकारी रुपमा कार्य गर्नको लागि आवश्यक सीप सिकाउनु भएको बैंकले जनाएको छ ।  

यो कार्यक्रम आर्ट अफ लिभिङ्ग नेपाल संस्थागत कार्यक्रमका निर्देशक निभा प्रधानको नेतृत्व सम्पन्न भएको थियो । बैंकिङ क्षेत्रको गहन पृष्ठभूमि भएका प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रशिक्षक प्रधानले वित्तीय क्षेत्रका अगुवाहरुले भोगेका अद्वितीय चुनौतीहरुको बारेमा गहिरो ज्ञान दिएका थिए । उनको विशेषज्ञताले प्रभावकारी र सान्दर्भिक दुबै प्रशिक्षण अनुभव सुनिश्चितता गर्दै बैकिङ उद्योगका कार्यकारी भूमिका भित्रको सुक्ष्म मागहरुको सम्बोधन गर्न सफल रहेको बैंकले जनाएको छ ।  

उनको समूहमा प्रशिक्षणको गहन पृष्ठभूमि भएका सिनियर फ्याकल्टी एओएल अच्युत राज गौतम र प्रशासनिक सहयोगको लागि शैलेन्द्र हमाल सम्मिलित थिए ।  

आर्ट अफ लिभिङ्गको संस्थागत कार्यक्रम विश्व स्वास्थ्य संगठनको वेलनेश मोडलसँग मिलेर बिगत ४० बर्षमा १८६ देशहरुमा सम्पन्न गरी सकिएको छ ।  यी कार्यक्रमहरु लचिलो मानसिकता बढाउन, मानसिक स्पष्टतालाई बृद्धि गर्न र समग्र स्वस्थतामा केन्द्रीत हुन्छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.