शनिबार, बैशाख १३,२०८२ 04:58:50
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 04:58:50
IME remit
Global IME Bank Limited

ब्याज आम्दानी घट्दा समाज लघुवित्त ४२.१२ लाख घाटामा, निक्षेप संकलन र कर्जा प्रभाव समेत घट्यो

Hyundai Nepal
ब्याज आम्दानी घट्दा समाज लघुवित्त ४२.१२ लाख घाटामा, निक्षेप संकलन र कर्जा प्रभाव समेत घट्यो
Nabil Bank Limited

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्था ४२ लाख १२ हजार रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा गिरावट आएको छ । खुद ब्याज आम्दानी ३०.१२ प्रतिशतले घटेर २० लाख १२ हजार रुपैयाँमा खुम्चिएको छ । संस्थाको अन्य सञ्चालन आम्दानी पनि ८४.४७ प्रतिशतले घटेर ९ लाख ३५ हजार रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै संस्थाको सञ्चालन मुनाफा पनि ८८ लाख ८५ हजार रुपैयाँले ऋणात्मक छ ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो अवधिसम्म संस्थाको निक्षेप संकलन १६ करोड ५ लाख रुपैयाँबाट घटेर १३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । संस्थाको कर्जा प्रवाह पनि ४४ करोड २७ लाख रुपैयाँबाट घटेर ४३ करोड ६३ लाख रुपैयाँमा झरेको छ ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्ममा २ करोड ९६ लाख रुपैयाँ रहेको रिजर्भको आकार घटेर २ करोड ३६ लाख रुपैयाँमा सीमित बनेको छ ।    

Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात ४.४८ प्रतिशत कायम भएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २८.०६ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ २०३.६४ रुपैयाँ र तरलता अनुपात ३.६७ प्रतिशत कायम भएको छ ।    

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.