आईतवार, जेष्ठ ३,२०८३ 06:04:15
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:04:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपालमा मोनोरेल स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता, यस्ता छन् अन्य ६ सम्झौता

Laxmi Sunrise Bank Limited
नेपालमा मोनोरेल  स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता, यस्ता छन् अन्य ६ सम्झौता
Shivam Cement

काठमाण्डौ । नेपालमा मोनोरेल  स्थापनाको लागि दक्षिण कोरियासँग सम्झौता भएको छ । नेपाल मोनोरेल केएमई ट्राभल प्रालिकी निर्देशक संगीता कुँवर र दक्षिण कोरियाको डेलिम मोनोरलका प्रमुख कार्यकारी अधिकृत सेओङ बू–सियोपबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाललगायत अन्य देशमा मोनोरेल स्थापनाको लागि समानको उत्पादन, बजार व्यवस्थापन र मर्मत सम्बन्धी कार्यहरु गर्ने उल्लेख छ ।

कोरियाको राजधानी सउलमा हालै सम्पन्न एक ‘स्पोर्टस ग्लोबर टुरिजम २०२४’ गोष्ठीमा नेपाल मोनोरेलसहित सातवटा सम्झौता भएका थिए । ‘ड्राइभिङ नेशनल डेभलपमेन्ट’ नारा दिएको उक्त गोष्ठीको कोरियास्थित नेपाली  राजदुतावास, ग्लोबल एनआरएन फाउन्डेसन, हान्याङ्ग विश्वविद्यालय र एमआइटी फाउन्डेसनले संयुक्तपमा आयोजना गरिएको थियो ।

Bizshala
New Office
CG Motors

कार्यक्रममा नेपालको खेलकुद क्षेत्रको प्रवर्धन र विकासको सहकारी ढाँचा स्थापना र पारस्परिक सम्बन्ध विस्तारको लागि दक्षिण कोरियाको कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनबीच पनि सम्झौता भएको छ ।

उक्त सम्झौतामा कलेज अफ आर्ट्स एण्ड फिजिकल एजुकेशनका डीन सेङनो ली र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी सामाजिक कल्याण, संस्कृति आदानप्रदान र पर्यटन प्रवर्धन तथा विकासको लागि कोरियाको दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूह र ग्लोबन एनआरएनए फाउण्डेसनबीच पनि सम्झौता भएको छ । सम्झौतामा ग्लोबन एनआरएनए फाण्डेसनका अध्यक्ष विनोद कुँवर र दुगेदर कोरिया लभ एण्ड होप स्वंमसेवी समूहको तर्फबाट प्रोफेसर योङसु किम र लभ एण्ड भलन्टियर कोरका उपाध्यक्ष प्रा किम यङ्ग सुले हस्ताक्षर गरेका छन्

 त्यसैगरी शैक्षिक आदानप्रदानलाई प्रवद्र्धन, फ्याकल्टी कार्यक्रमहरुमा सहकार्य र शैक्षिक अनुसन्धान र प्रविधि विकासमा सहयोग तथा सहकार्यको लागि हान्याङ युनिभर्सिटी बीके २१ ह्युमन–टेक कन्भर्जेन्स ग्रेजुएट स्कूल र मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजीबीच पनि सम्झौता भएको छ ।

 सम्झौतामा बीके २१ को तर्फबाट डीन डा. सेओङनो ली र मेलबर्न इन्स्टिच्युटका अध्यक्ष जमुना गुरुङले हस्ताक्षार गरेका छन्  

 अन्तर्राष्ट्रिय स्तरमा नेपालका युवा खेलाडीको वृत्ति विकासको लागि आर्थिक, भौतिक र नैतिक सहयोग र सहकार्यको लागि पनि सम्झौत भएको छ । उक्त सम्झौतामा ग्लोबल एनआरएन फाण्डेसनका अध्यक्ष विनोद कुँवर, अन्तर्राष्ट्रिय पर्वत समाजका उपाध्यक्ष संगीता कुँवर र नेपाल खेलकुद अनुसन्धान प्रवद्र्धन प्रतिस्ठानका प्राध्यापक केशव थापा, कोरियाको ग्योङसान खुटबल संघका उपाध्यक्ष काङ योङ–होले हस्ताक्षर गरेका छन् ।

त्यसैगरी टेबल टेनिस खेलको लागि शैक्षिक र प्रविधि विकासको अनुसन्धानको लागि पनि सम्झौता भएको छ । उक्त सम्झौतामा फस्टपोङ कम्पनी लिमिटेडका सिईओ अमिर कमन्दी र हान्याङ विश्वविद्यालयको खेलकुद उद्योग तथा विज्ञान विभागका प्राध्यापक सिद्धार्थ विक्रम पाँणेले हस्ताक्षर गरेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठाकुरीकोको प्रमुख अतिथ्य रहेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायतले शुभकामना दिएका थिए ।

एनआरएन आईसीसीका तथा  ग्लोबल एनआरएन फाउन्डेसनका अध्यक्ष विनोद कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यस सचिव टंकलाल घिसिङ, कोरियाका लागि नेपाली राजदुत डा.ज्योति प्याकुरेल, हान्याङ्ग  विश्वविद्यालयका प्रमुख  कि–जङ ली, एनआरएन आईसीसी र ग्लोबल एनआरएन फाउन्डेसनका संरक्षक शेष घले एमआइटी फाउन्डेसनको निदेशिका जमुना गुरुङ, कम्बोडियाका राजदूत छ्रिङ बोटम रंगसाइ, पाकिस्तानका राजदूत नबील मुनीरले बिशेष सम्बोधन गरेका थिए ।

 उक्त कार्यक्रममा विभिन्न विश्वविद्यालयका दक्ष ख्याती प्राप्त प्राध्यापकहरुलगायत सम्बन्धित विषयका बिशेषज्ञहरुले १५ वटा कार्य तथा सोधपत्रहरु  प्रस्तुत गरेका थिए ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.