बित्तीय संस्थामा अराजकताको यो हद: चेक राखेर कर्जा, व्यक्तिगत जमानीमा ऋणदेखि साधारण ब्याज मिनाहासम्मको फट्याईँ
काठमाण्डौ । बैंकिङमा बेला बेला संस्थागत सुशासन बिगार्ने तथा नियामकीय व्यवस्थाप्रति नै बेवास्ता गर्ने घटनाहरु हुने गरेका छन् । यस्ता घटना केही ठूला वाणिज्य बैंकबाट हुँदै आएकोमा त्यही रोग साना विकास बैंक र फाइनान्स कम्पनीमा पनि सर्न थालेको छ । नियामकीय व्यवस्था उल्लंघन गरेकै कारण पछिल्लो पटक करिब आधा दर्जन साना विकास बैंक र वित्त कम्पनी राष्ट्रबैंकको कारबाहीमा परेका...

