एनआईसी एशिया बैंकको नाफामा ९२% को गिरावट, कस्ता छन् अन्य वित्तीय सूचक ?
काठमाण्डो । एनआईसी एशिया बैंक लिमिटेडको खुद नाफामा ९२.०३ प्रतिशतको गिरावट आएको छ । बैंकले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा यस्तो देखिएको हो । बैंकले समीक्षा अवधिसम्म १५ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकले १ अर्ब ९ण् करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

