स्वरोजगार लघुवित्तद्वारा लाभांश प्रस्ताव: बोनस र नगद कति ?
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १५ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको २६३ औं बैठकले आर्थिक वर्ष २०७९-८० सम्मको वितरणयोग्य मुनाफाबाट संस्थाका सेयरधनीलाई चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि चुक्तापूँजीको ०.३६८४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।