हठात् धरपकडले बैंकर आतङ्कित, ‘दुर्गा प्रसाईंलाई उन्मुक्ति, बैंकिङ जोगाउनेलाई हत्कडी !’
काठमाण्डौ । देउराली सहकारी ठगी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको विशेष अनुसन्धान ब्यूरो(सीआइबी)ले केही बैंकरहरुलाई पक्राउ गरेपछि देशभरका बैंकर आतङ्कित भएका छन् । सहकारीमार्फत कमसल धितो राखेर बढी कर्जा प्रवाह गरेको आरोपमा हाल प्रभू बैंकमा बिलय भएको सेञ्चुरी बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत(सीइओ) तुल्सी गौतम र मनोज न्यौपाने लगायत १० बैंकरलाई सीआइबीले...