आईतवार, बैशाख १४,२०८२ 04:21:27
IME remit
  • आईतवार, बैशाख १४,२०८२ 04:21:27
IME remit
Global IME Bank Limited

अब अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने, यो बैंकले सुरु गर्यो सेवा

Hyundai Nepal
अब अनुहार देखाएकै भरमा एटीएमबाट पैसा झिक्न र जम्मा गर्न सकिने, यो बैंकले सुरु गर्यो सेवा
Nabil Bank Limited

काठमाण्डौ । जापानको एक बैंकले आफ्ना ग्राहकहरुका लागि अनुहार हेरेरै कारोबार गर्न मिल्ने ‘फेस रिकग्निसन ’ प्रविधिको सुरुवात गरेको छ । जापानको ‘सेभेन बैंक’ नामक बैकले यो नयाँ प्रविधिको सुरुवात गरेको हो ।  

यो नयाँ प्रविधिको माध्यमबाट यस बैंकका ग्राहकहरुले देशभर रहेका २६ हजार एटीएमबाट पैसा निकाल्न तथा जम्मा गर्न सक्नेछन् । यो प्रविधिलाई ‘फेस क्यास’को नाम दिइएको छ । यो प्रविधिको प्रयोग गरेर ग्राहकहरुले बैंकको एटीएम वा स्मार्टफोनबाट बिना कार्ड पैसा झिक्न र जम्मा गर्न सक्नेछन् । यो प्रविधि पहिलोपटक प्रयोगका लागि ग्राहकहरुले अनुहारको जानकारीका लागि स्वयमलाई रजिष्टर्ड गर्नुपर्ने हुन्छ । त्यसपश्चात ग्राहकहरुले एउटा पासवर्ड र कोड नम्बरमार्फत पैसा निकाल्न सक्नेछन् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

यो प्रविधिलाई सेभेन बैंक र टेक कम्पनी एनईसी मिलेर विकास गरेका हुन् । यो प्रविधिको प्रयोगले पहिचान चोरी गरेर गरिने धोकाधडीबाट बच्न सहयोग पुग्ने बैंकले जनाएको छ । सेभेन बैंकले यो सुविधा अन्य बैंकका खातावालाहरुका लागि पनि विस्तार गर्न चाहेको जनाएको छ ।  

यो प्रविधि एकदमै सुरक्षित र भरपर्दो भएको समेत बैंकको दाबी छ । सेभेन बैंकको माउ कम्पनी सेभेन एण्ड होल्डिङ्स् कम्पनी हो । यसको मुख्यालय जापानको चियोडा सिटीमा रहेको छ । यसको स्थापना १० अप्रिल २००१ मा भएको थियो ।    

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.