मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: यस्तो छ ५ बुँदे नीतिगत व्यवस्था र त्यसले पार्ने प्रभाव
काठमाण्डौ । बजार तथा लगानीकर्ताले अपेक्षा गरेभन्दा केही फरक मौद्रिक नीतिको समीक्षा नेपाल राष्ट्रबैंकले ढिलो गरी सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सोमबार राति मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो । जसअन्तर्गत केन्द्रीय बैंकले ५ बुँदे नीतिगत व्यवस्था गरेको छ । जसमा अधिकांश नीतिगत व्यवस्था पहिलो त्रैमासिक समीक्षाको भन्दा खासै फरक छैन ।